स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र

243 पटक पढिएको

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार ०७:३९

सम्पादक: Dhading News

5ca3318230be43d6332e7d21dbb8814d-625x405काठमाडौँ   |  निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ ।पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् । आयोगले शनिबारदेखि मतपत्र छाप्ने भने पनि तयारी नपुगेपछि अब एक/दुई दिनमा सुरु गरिने भएको छ । आयोगले मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छाप्ने तयारी गरेको छ ।

निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहने अनुमान गरेको छ । नगरपालिका र गाउँपालिका तथा तिनका वडामा गरी कुल ३६ हजार छ सय ३९ पदका लागि निर्वाचन हुने छ । आयोगमा दर्ता भएका कुल एक सय १३ दलमध्ये तोकिएको समयमा ७९ दलले मात्र निर्वाचनमा भाग लिन आवेदन दिएका छन् ।
मुलुकभर चार सय ८१ गाउँपालिका, दुई सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका गरी सात सय ४४ स्थानीय तह तथा सबै तहमा गरी कुल छ हजार छ सय ८० वडा छन् । त्यसमध्ये संसद्मा हाल प्रतिनिधित्व गरेका २६ दलले मात्र आफ्नो चुनाव चिह्नसहित भाग लिन पाउनेछन् । बाँकी दल र स्वतन्त्र उम्मेदवारले भने आयोगले निर्धारण गरेको चिह्नका साथ निर्वाचनमा भाग लिनुपर्ने आयोग, कानुन तथा राजनीतिक दल शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले बताए ।

अदालतको फैसला सजपाका पक्षमा

विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीको खारेजी निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिमकालीन आदेश दिएको छ । नियमित तीन वर्षभन्दा बढी समयसम्म आयव्यय नबुझाएपछि गत वर्ष २०७२ फागुन २१ गते आयोगले समाजवादी पार्टी खारेज गरेपछि मन्त्री सिंह त्यसविरुद्ध अदालत गएका थिए ।
अदालतले। शुक्रबार पुनरावेदनको मार्ग प्रशस्त भएको र त्यस्तो निर्णयलाई अन्तिम मानी चुनावमा पार्टीको हैसियतबाट भाग लिन नपाउने भन्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो । साथै अदालतले निवेदक दलले आफ्नो दायित्व पूरा गर्ने विश्वाससमेत दिई कानुनबमोजिम विवरण बुझाएपछि सक्रिय रहन नपाउने भन्न नमिल्ने देखिएकाले हाललाई आयोगको निर्णय कार्यान्वयन नगर्न, नगराउन भनी सो आदेश दिएको हो । रासस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

५ चैत्र २०७३, शनिबार ०७:३९ मा प्रकाशित

समाचार

सबै

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने.....

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ ।.....

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने.....

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक.....

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी.....

Categories