गाउँपालिकामा एमालेको कार्यकर्ता भेला अभियान

873 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17362734_1487302644635743_8325376598863436538_nनजिकिंदै गईरहेको स्थानीय तहको निर्वाचनले राजनैतिक दलहरुको सक्रियता बढाएको छ । निर्वाचनको तयारीकै क्रममा स्थानीय निकायको नयाँ संरचना लागु भई गाविसहरु गाउँ पालिका र नगरपालिका बनेपछि दलहरु नयाँ वनेका गाउँपालिका र नगरपालिकामा पार्टी कार्यकर्ता भेटघाटका लागि सक्रिय भएका छन ।
Jwaalamukhi Bhelaचुनावी तयारीका लागि गाउँ गाउँमा कार्यक्रम लिएर जानेहरुमा मुख्य दलहरुनै अघि देखिएका छन । नेकपा एमालेले जिल्लाको ११ वटै गाउँपालिका र नगरपालिकामा एक चरणको कार्यकर्ता भेला गरेर चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ । शुक्रवार जिल्लाको खनियावास गाउँपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको एमालेले शनिवार जिल्लाको गल्छी, ज्वालामुखी र नेत्रावती गाउँपालिकामा गाउँपालिका स्तरीय छुट्टाछुट्टै कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
17362920_1246296075423993_3228794181761759934_nगल्छीमा भएको भेलालाई नेकपा एमालेका नेता शंकर पोखरेल,सांसद एवम पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे लगायतका नेताले सम्वोधन गरेका थिए ।नेत्रावतीको भेलालाई सांसद एवम पुर्व अर्थमन्त्री एमालेका पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले सम्वोधन गरेका थिए ।ज्वालामुखी गाउँ पालिकाको भेलालाई एमालेका पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडा धादिङ क्षेत्र नम्बर २ का सांसद एवम एमाले ३ नम्बर प्रदेश सदस्य गुरुप्रसाद वुर्लाकोटी लगायतले सम्वोधन गर्नु भएको थियो ।
17362774_873457312796933_2626286127365436_nयसै गरी गाविसहरु नयाँ संरचनामा गएपछि वनेको गाउँ तथा नगर स्तरीय संरचनामा पार्टी कमिटी गठन र संगठन परिचालनका लागि गाउँ कमिटिहरु वडा स्तरीय भेलामा जुटेका छन ।