समुद्रमा निर्वस्त्र पौडीः डाक्टरदेखि सामाजसेवीसम्म

960 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी: अष्ट्रेलियामा ‘पाँचौ सिड्नी स्कीनी ओसन स्वीम इभेन्ट’ को आयोजना गरिएको छ । त्यहाँको कबलरमा बीचमा आयोजना गरिएको उक्त इभेन्टमा करिब एक हजार जनाले निर्वस्त्र भएर सहभागिता जनाए ।

nacked5-768x432पहिलेदेखि नै हुँदै आएको ‘स्पेक्टेटर फ्रि इभेन्ट’ लाई हटाएर आइतबार र्निवस्त्र रुपमा पौडी खेल्ने इभन्टको आयोजना गरिएको डेलीमेलले जनाएको छ ।  उक्त इभेन्टमा अष्ट्रेलियाका न्युरोसर्जन चार्ली टीओ, विश्व विजेता पौडीबाज लयान बीच्ली, इभेन्ट आयोजक प्रमुख निगेल मार्सलगायत एक हजार, तीन सय ३५ जना सहभागी रहेका थिए ।

यो निर्वस्त्र महासागरीय पौडी प्रतियोगिता कुनै निर्वस्त्रतालाई बढावा दिनको लागि आयोजना गरिएको भने थिएन । यो एक सामाजिक क्षेत्रमा कार्य गर्ने संस्थालाई सहयोग संकलन गर्न आयोजना गरिएको थियो ।

संस्थापक बीच्लीले इभेन्टको उद्घाटन गर्दै भने, ‘म सबैलाई निर्वस्त्र भएर आफ्नो स्वतन्त्रतामा रमाउन मात्र नभएर प्रकतिको सुन्दरबाट आनन्द लिन पनि उत्प्रेरित गर्दछु ।’

-नेपालताराबाट