स्थानीय तहको पूर्वाधारमा पाँच वर्ष लाग्ने

517 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Nepal-768x451काठमाडौँ /पुराना ५८ नगरपालिकाबाहेक ६८६ वटा गाउँपालिका र नगरपालिकाको भवनसहितको पूर्वाधार निर्माण गर्न न्यूनत्तम पाँच वर्ष समय लाग्ने भएको छ । कूल ६८६ वटा गाउँपालिका र नगरपालिकामध्ये अधिकांश स्थानीय तहको भवनसहितको भौतिक पूर्वाधार निर्माण कार्य शून्यस्तरबाट सुरुवात गर्नुपर्ने भएकाले न्यूनतम पाँच वर्ष समय लाग्ने अनुमान गरिएको खबर आजको गोरखापत्रमा छापिएको छ |
पुराना ५८ नगरपालिकाबाहेक ६८६ स्थानीय तहका केन्द्र साविक गाविस र जिल्ला विकास समितिको कार्यालय भन्दा अन्यत्रै कायम भएकाले ६८६ वटै स्थानीय तहको भवनसहितको सबै पूर्वाधार निर्माण कार्य शून्यस्तरबाट सुरुवात गर्नुपर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
सरकारले गत तीन वर्षअघि घोषणा गरेका १५९ वटा नगरपालिकाको बजेट र जग्गाको अभावमा अहिलेसम्म कुनै भौतिक पूर्वाधार निमाण हुन सकेको छैन । अहिले पुनः सरकारले एकै पटक ६८६ गाउँपालिका र नगरपालिकाको भौतिक पूर्वाधार निर्माण गर्न साधन र स्रोतको सहज उपलब्धता र दक्ष जनप्रतिनिधि निर्वाचित हुँदासम्म न्यूनतम पाँच वर्ष समय लाग्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुमान छ ।