गच्छदार महामन्त्री बनेर काँग्रेसमा प्रवेश गर्दै

1993 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bijaya-kumar-gachhadar

काठमाडौं : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार महामन्त्री पद लिएर काँग्रेसमा पुनरागमन गर्ने भएका छन् । महामन्त्री पद दिएर काँग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारलाई पार्टीमा भित्र्याउने अन्तिम तयारी गरेका छन् ।

पटक पटकको छलफल तथा बार्गेनिङपछि गच्छदार महामन्त्री पद लिएर काँग्रेस प्रवेश गर्ने तयारीमा पुगेको देउवा निकट स्रोत बताउँछ ।पार्टीको महाधिवेशन सम्पन्न भएको एक वर्षसम्म पनि काँग्रेसले पदाधिकारी तय गरिसकेको छैन । पार्टी सभापतिपछि उपसभापति तथा महामन्त्री काँग्रेसका शक्तिशाली पद हुन् ।

देउवाले तराई मधेशको समस्या समाधान गरी चुनावी वातावरण बनाउन गच्छदारलाई काँग्रेसमा भित्र्याउन लागेको उनी निकट नेताहरु बताउँछन् ।

देउवा र गच्छदारबीच मंगलबार पनि लामो वार्ता भएको र उक्त वार्तामा गच्छदारले आफू महामन्त्री पाए काँग्रेसमा पुनरागमन गर्ने स्पष्ट धारणा राखेपछि देउवाले महामन्त्रीकै आश्वासन दिएका छन् ।

देउवाले गच्छदारलाई महामन्त्री बनाएर पार्टीमा भित्र्याउँदै गर्दा अन्य पदाधिकारी पनि नियुक्ति गर्ने तयारी गरेका छन्नेपाल तारा डट कममा खबर छ ।