logo

भूकम्पप्रतिरोधी कम लागतका घरको नयाँ डिजाइन सार्वजनिक

820 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

house-model-2-300x225 (1)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्पप्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ । भूकम्पप्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो ।

house-model

सो डिजाइनअनुसार कम्तीमा २ लाख ९२ हजार रुपैयाँ लागतमा दुईकोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना) ले पाँचवटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले नयाँ ६ प्रकारको घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो ।

उक्त डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणिकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुंगाको जोडाइ र माटोको गारोका एकतले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत जोडाइमा भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ । उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले किफायती लागतमा धेरै विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । सरकारले यसअघि १७ वटा घरको नमुना डिजाइन तयार गरेको थियो ।

hosue-model-3

यसैबीच, प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्नका लागि आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइँ सर्न चाहने प्रभावितलाई जग्गा किन्ने प्रयोजनका लागि २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

यस्तै, बैठकले काठमाडौं उपत्यकाका पुराताŒिवक सम्पदा पुनर्निर्माणमा स्थानिय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निर्माण उपसमितिलाईे निर्देशन दिएको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic