रकस्टार सरस्वतीको दिल अझै खाली

1197 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_0510

विभिन्न स्टेज कार्यक्रमहरुमा बुलन्द प्रस्तुति दिइरहेकी अहिलेकी व्यस्त रक् गायिका सरस्वती लामाको अर्को रक् कोसेली “खाली छ खाली छ दिलमा ठाउँ…..” यूट्यूब मार्फत सार्वजनिक भएको छ ।

“उर्वशी” एल्बममा संग्रहित यस गीतको शब्द नरेश भट्टराईको रहेको छ भने  संगीतकार हरी लम्सालले संगीतवद्ध गरेका छन् । यु.पि.एस. सिनेमा प्रा. लि.द्वारा प्रस्तुत म्युजिक भिडियोमा गायिका लामाको अलावा गोकुल रोक्का र रीता कार्कीको प्रस्तुति देख्न सकिन्छ । बिचल किराँती निर्देशित भिडियोको सम्पादन तारा /थापाले गरेका छन् भने छायांकन दिव्यराज सुवेदीको रहेको छ ।

हालसम्म “उत्तर-पूर्व” र “उर्वशी” नामक दुईवटा एल्बम सार्वजनिक गरिसकेकी भर्स्टाइल गायिका सरस्वती लामाले विभिन्न चलचित्र र अन्य एल्बम सहित दुइ दर्जन भन्दा बढी गीतमा आवाज दिइसकेकी छिन् ।

IMG_0508

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस् ।