यस्ता १० किसिमका महिलाहरुसँग बिहे नगर्नु

1112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

MArriages

एजेन्सी : हाम्रो समाजमा कुनै पनि पुरुषलाई उमेर पुग्ने वित्तिकै विवाहको प्रस्ताव गरिन्छ । घरपरिवारले केटी हेर्ने र त्यही केटीसंग विवाह गरेर जीँवन बिताउने परम्परागत मान्यतामा सुधार हुँदै गएको छ । तर पनि पुरुषलाई कस्तो केटीसग विवाह गर्ने भन्ने अन्यौल रहि नै रहन्छ ।

तर, सफल जीवनसम्बन्ध व्यतित गर्नका लागि यस्ता प्रकृतिका महिलाहरुसँग विवाह गर्नुहुदैन ।

नारीवादी महिला

यस्ता प्रकृतिका महिलाले हरेक कुरामा पितृसत्तालाई दोषी मान्छन् । उनीहरुले हरेक विषयमा नारीवादको बिल्ला भिराउन खोज्छन् । किनकी हरेक मानिस पितृसत्तात्मक समाजको एक हिस्सेदार भएर आएको हुन्छ । जसले गर्दा जीवन सम्बन्ध सोचेजसरी अगाडि बढ्न सक्दैन ।

स्वार्थी महिला

कहिल्यै पनि स्वार्थी महिलाहरुसँग विवाह गर्नुहुदैन । उनीहरुले आफ्नो स्वार्थप्राप्तीका लागि जस्तोसुकै कदम पनि उठाउन तयार हुन्छन् । जसले गर्दा भोलिको जीवन सुखमय नहुन सक्छ ।

पार्टी धाउने महिला

प्राय मानिसहरु जीवनकालको कुनै समयमा साथीभाइसँग विभिन्न पार्टीहरुमा पुग्छन् । यो नराम्रो होइन । तर, नियमित पार्टी धाउने महिलासँग विवाह गर्दा पनि पारिवारिक सम्बन्धमा नकारात्मक असर पर्न जान्छ र परिवारलाई समय कम दिन थालेपछि पूरा जीवन नै अस्तव्यस्त बन्न पुग्दछ ।

गफाडी महिला

यस्ता महिलाहरुले स–साना कुरालाई पनि अनावश्यक ढंगले कुरा बनाएर प्रस्तुत गर्दछन् । उनीहरुले आवश्यकता भन्दा बढी चलाख बन्न खोज्छन् । जो सम्बन्धमा राम्रो होइन ।

भौतिकवादी महिला

भौतिक सुख खोज्ने महिलाहरुसँगको विवाह सम्बन्धले पनि जीवन खुशीसाथ विताउन सकिदैन । उनीहरुले यर्थाथभन्दा पनि भौतिक सुखमा आफूलाई रमाउन खोज्छन् । उनहरुलाई कुनै विन्दुमा त्यो प्राप्त हुन सकेन भने सम्बन्धलाई नै लत्याएर जानसक्छन् ।

एकान्त चाहने महिला

जो महिलाले एकान्तलाई बढी ग्राहयता दिन्छन्, त्यस्ता महिलाले कुनै कुरा स्वीकार गर्न सक्दैनन् । उनीहरुले समूहमा बसेर छलफल गर्न, हरेक कुरा खुलेर प्रस्तुत गर्न सक्दैनन् । मनमा अनेक कुराहरु खेलाउछन् र एक्लो हुँदा त्यसलाई प्रस्तुत गर्दछन् । जसले गर्दा नकारात्मक कदम उठाउन पनि तयार हुन्छन् ।

खराब व्यवहार भएका महिला

यस्ता किसीमका महिलाहरुले आफ्नो लागि कुनै उद्देश्य नै राखेका हुदैनन् । उनीहरुको उद्देश्य नहुँदा राम्रो काम गर्ने सोच नै बनाउँदैनन् । उनीहरुले कुनै राम्रो कुरा सिक्न चाहदैनन् । यसले जीवनमा गर्नुपर्ने कामहरुको स्वाद नै लिन पाउदैनन् र व्यर्थको जीन्दगी जिउनुपर्ने हुन्छ ।

चालु महिला

हरेक व्यक्तिलाई चाहिनेभन्दा बढी प्रशंसा गर्ने किसिमका महिलाहरुसँग विवाह गर्नुहुदैन । यस्ता महिलाहरुले यौनाकर्षणका लागि आफूले प्रशंसा गर्दछन् र आफ्नो प्रशंसा गरिदिओस् भन्ने चाहान्छन् ।

सम्मान दिन नसक्ने

शान्त, सुशील र अवस्था अनुसार व्यवहार गर्नसक्ने महिलाहरुको खोजीमा हुन्छन् प्राय पुरुषहरु । घमण्डी स्वभावको आफू मात्रै सबै थोक हो भन्ने सोच्ने महिलाहरुसँग कहिल्यै सफलरुपमा जीवन व्यतित हुन सक्दैन । त्यस्ता महिलाहरुले सम्मान खोजिरहेका हुन्छन् तर अरुलाई सम्मान दिन सक्दैनन् ।

बनावटी महिला

यस्ता महिलाहरु प्राय हरेक कुरा बनावटी होस् भन्ने चाहन्छन् । यर्थाथलाई स्वीकार गर्न सक्दैनन् । उनीहरुले समस्यालाई बुझ्नसक्ने क्षमता उनीहरुमा हुदैन । यस्ता महिलाहरुसँग विवाह गर्नाले पुरुषलाई एक उपयोगको साधनका रुपमा प्रयाग गर्न खोज्दछन् ।

-नेपाल ताराबाट