logo

पार्टीको सदस्य भएको व्यक्तिले म्यादी प्रहरी बन्न नपाउने

732 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Timly-Policeकाठमाण्डौ- स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ७५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रुपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

भर्ना हुन चाहनेले ११ देखि १७ चैतभित्र फारम भरिसक्नुपर्नेछ । फारम नेपाल प्रहरीको वेबसाइट नेपालपुलिस डट जिओभी डट एनपीमा राखिएको छ । उनीहरुले मासिक १७ कजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस, प्रहरी जवानको बराबर तलब र खाजा खर्च पाउनेछन् ।

५५ दिनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । ७५ जिल्लाकै जिल्ला प्रहरी कार्यालयमार्फत फारम बुझाउन सकिनेछ । १९ देखि २२ चैतसम्म छनोट हुने र २२ चैतमा नतिजा प्रकाशन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । २५ चैतदेखि ८ वैशाखसम्म तालिम दिएर उनीहरुलार्य निर्वाच्नको सुरक्षामा खटाउने तायारी छ ।

अवकाशप्राप्त सुरक्षाकर्मी तथा बनपाले, विगतमा म्यादी प्रहरीका रुपमा काम गरेका तथा गार्डका रुपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने प्रहरीको सूचनामा उल्लेख छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic