धादिङका १५ हजार भुकम्प पिडितले अनुदान नपाउने

2736 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesधादिङ,१४ चैत – दुई बर्ष अघि गएको भुकम्पमा घरवास गुमाएका धादिङका १५ हजार भुकम्प पिडित अझै पनि सरकारी अनुदान पाउनबाट बञ्चित भएका छन ।
पहिलो चरणमा नाम छुटेकाहरुले पुर्ननिर्माण प्राधिकरणमा गुनासो फाराम भरेर पेश गरेकोमा प्राधिकरणले १२ हजार १ सय ५१ जनाको गुनासो फछ्र्यौट गरेपनि अधिकांशलाई अनुदान पाउनबाट रोकेको छ ।
धादिङ जिल्लाबाट १५ हजार ५ सय १० जनाले गुनासो फाराम भरेकोमा प्राधिकरणले ३ सय ४२ जनालाई मात्रै अनुदान पाउन योग्य भनर सिफारिश गरेको छ भने १२ हजार १ सय ५१ जनालाई विवरण नभेटिएको भनेर पुन सर्भेक्षण गर्नु पर्ने भन्दै लाभग्राही सुचिमा पर्नबाट पन्छाईदिएको छ ।
गुनासो फाराम भरेका मध्ये २ हजार १ सय ६९ जनालाई बहुस्वामित्व भएको भनेको छ भने ६ हजार २ सय ९४ जनालाई साविकको वा अन्य स्थानमा घर भएको भनेर किटान गरिदिएको छ । यसै गरी ६ सय ४१ जनाको हकमा भने अपुरो विवरण भएकाले स्थलगत निरिक्षण गर्नुपर्ने भनेको छ । प्राधिकरणको यो निर्णय पछि पहिलो चरणमा लाभग्राहीको सूचिमा नपरेकाहरुले गुनासो फाराम भरेर अनुदान पाउनका लागि आग्रह गरेका थिए ।
यस अघि धादिङ जिल्लाका भुकम्पवाट प्रभावित घरधुरी मध्ये निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा समावेस भएका ७० हजार ५८२ लाभग्राही मध्ये हालसम्म ६४ हजार ७ सय २४ जना लाभग्राही संग अनुदान सम्झौता भएको र ति मध्ये ६२ हजार ८ सय ९० जना लाभग्राहीको बैक खातामा प्रथम किस्ता रकम निकासा भईसकेको जिल्ला समन्वय समिति धादिङले जनाएको छ ।
दोस्रो किस्ता रकम निकासाका लागि जिल्ला समन्वय समितिमा हालसम्म ५५ जना लाभग्राहीको सिफारीस सहरी विकास मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन ईकाइवाट भई आएको र यसरी सिफारीस प्राप्त लाभग्राहीको दोस्रो किस्ता निकासाको प्रक्रिया भईरहेको जिल्ला समन्वय समितिका सूचना अधिकारी भोला गौतमले जानकारी दिनु भयो ।