त्रिशूली नदीको किनारमा कृषि, पर्यटन, प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव हुंदै

1438 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading1“कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना समृद्ध धादिङ हाम्रो परिकल्पना” भन्ने नाराका साथ नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङले त्रिशूली नदीको किनार गलौंदीमा  कृषि, पर्यटन प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव २०७३ गर्ने भएको छ ।  जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङले  जनाएको छ ।

चैत २४ गतेबाट सुरु हुने महोत्सव २०७४ बैशाख ३ गते सम्म संचालन हुने भएको छ । महोत्सव जिल्लाको उद्योग, व्यापार, कृषि, पर्यटन शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा पु¥याउने नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङका अध्यक्ष एवं महोत्सव आयोजक मूल समितिका संयोजक लोकनाथ डल्लाकोटीले बताउनु भयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको आयोजकहरुले जानकारी दिएका छन्  ।चौतर्फी अतिक्रमण र प्रदुषणको चपेटामा पर्दै गएको त्रिशूली नदीको अस्तित्व संरक्षण गर्दै जलपर्यटनको सम्भावनाको प्रचार प्रसार गर्न पनि महोत्सवले सहयोग पु¥याउने आयोजकहरुको भनाई छ ।

यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी गरिने छ । महोत्सवमा सामाजिक अभियान्ता महाविर पुनले आविस्कार गरेका प्रविधि प्रदर्शनी, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको प्रदर्शनी र नयाँ टेक्नोलोजीहरुको प्रयोग मुख्य आकर्षण बन्नेछ । संयोजक डल्लाकोटीले भने ‘कृषिमा नयाँ प्रविधिको प्रयोग बढाउन र पर्यटन क्षेत्रको विकासलाई बैज्ञानिक मेलाले सहयोग गर्नेछ ।’

कृषि, पर्यटन प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव २०७३ भन्ने नारा सहित हुन लागेको मेला अवधिमा विशेष छुटमा त्रिशुली नदिमा ¥याफ्टिङ गर्न पाइने आयोजकले जनाएको छ । मेला अवलोकन गर्न आउदा २ सयमा पनि त्रिशुलीमा ¥याफ्टिङ गर्न सकिने व्यवस्था मिलाइएको आयोजक समितिका शालिकराम दुवाडीले जानकारी दिए । ¥याफ्टिङ गर्ने समय र दुरी अनुसार टिकट मिलाइएको छ ।

महोत्सवमा कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री, साँस्कृतिक प्रदर्शनी तथा प्रतियोगिता, जिल्ला भित्रका खनिजजन्य वस्तुको प्रर्दशनी तथा विक्रि, शैक्षिक सामाग्रीको प्रदर्शनी विक्री तथा जानकारी, आदिवासी जनजाती भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रमहरु हुने मेला आयोजक समितीले जनाएको छ ।

मेलामा व्यापार र प्रदर्शनीका लागि एक सय ५० स्टल तयार गरिएको छ । २ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखेको मेलाबाट १० करोड बराबरको कारोबार हुने आयोजकले दावी गरेको छ । चैत २४ बाट २०७४ बैशाख ३ गतेसम्म गजुरी गाउँपालिका वडा नं. ५ गलौदीमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका ध्रुब विकले जानकारी दिए ।

मेला प्रवेशद्धारमा नै कार्ड सिस्टमको इलोक्ट्रोक गेट प्रयोग गरिने उनले बताए । नुवाकोट, गोरखा, काठमाण्डौ, पोखरा लगायतबाट मेला अवलोकनमा आउनेहरुका लागि पनि मध्यनजर गरेर गलौदीमा आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।