आज देखि गलौंदीमा धादिङ महोत्सव शुरु हुंदै (चैत २४ – २०७४ बैशाख ३गतेसम्म)

1117 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading1“कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना समृद्ध धादिङ हाम्रो परिकल्पना” भन्ने नाराका साथ नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङले त्रिशूली नदीको किनार गलौंदीमा  कृषि, पर्यटन प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव २०७३ गर्ने भएको छ ।  जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङले  जनाएको छ ।

चैत २४ गतेबाट सुरु हुने महोत्सव २०७४ बैशाख ३ गते सम्म संचालन हुने भएको छ । महोत्सव जिल्लाको उद्योग, व्यापार, कृषि, पर्यटन शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा पु¥याउने नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङका अध्यक्ष एवं महोत्सव आयोजक मूल समितिका संयोजक लोकनाथ डल्लाकोटीले बताउनु भयो ।

महोत्सव आज उदघाटन हुने छ ।  महोत्सवको उदघाटन हुनुअघि गलौंदी र आसपासका विभिन्न स्थानबाट झाँकी र पञ्चैवाजा सहितको झाँकीहरु निकालिने छन ।

‘महोत्सवको मुख्य आकर्षणको रुपमा प्रविधि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको आयोजकहरुले जानकारी दिएका छन्  ।

यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी गरिने छ । महोत्सवमा करिब १ सय ७० वटा स्टल रहनेछ । महोत्सव करिब २ लाख दर्शकले अवलोकन गर्ने र १० करोडको कारोवार हुने लक्ष्य राखिएको आयोजकले वताएका छन ।