यौनशक्ति बढाउन जाइफलको जादु

1918 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Magic-of-jaifaalप्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपायोग हुँदै आएको छ । आयुर्वेदअनुसार जाइफल वेदनानाशक , दातनाशक , कुमिनाशक हुन्छ ।

यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि समेत उपायोगी छ । अनिन्द्र, शूल, अपच खोकी, बाडुली , शीघ्रपतन , र नपुंसकताजस्ता व्याधी हटाउन पनि यो उपयोगी मानिन्छ ।

जाइफलको चूर्ण र तेल उपायोग गरिन्छ । चूर्णको मात्रा भने पाँच सय मिलिग्रामदेखि एक ग्राम र तेल एक देखि तीन थोपा उपयोग गर्न सकिन्छ । अनुहारको कालोपोतो हटाउनेसमेत जाइफल फाइदाकारी मानिन्छ । आयुर्वेदका ज्ञाताहरुका अनुसार जाइफल ढुंगामा घोटेर तयार गरिएको लेप अनुहरमा लागाउनाले कालोपोतो हट्छ ।

यसले डन्डीफोर आदिकोे दाग र हल्का कालोपनलाई समेत कम गर्छ । जाइफले यौनशक्ति पनि बढाउँछ । कम्मरको पीडा , गठिया रोगमा जाइफलको लेप वा तेलले मालिस गर्दा आराम मिल्छ । गाठियाबाहेक चेटग्रस्त मर्केको , सुन्नेको अंगमा समेत जाइफललाई तोरीको तेलमा मिलाएर मालिस गर्नाले सन्चो हुन्छ । जाइफलको मलिसले शरीरमा गर्मी आउँछ , चुस्ती र फुर्ती आउँछ र पसिनाको रुपमा विकार शरीरबाट बाहिर निस्कन्छ ।

पेट दुखेको बेला जाइफलको दुईचार थोपा तेल खानाले सन्चो हुन्छ । परम्परागत उपचार प्रणलीअनुसार दुखेको दाँतमा जाइफलको तेल चोबेको रुवा (कपास) राख्दा पीडा कम भएर जान्छ । दाँतमा कीरा लागेको भए मर्छ । जाइफलको तेलमा पीडानासक गुण हुने भएकोले यसले मालिस गर्दा अंगविशेष केही समयको लागि संज्ञाशून्य हुन्छ । त्यसैले दुखाइको अनुभूति हुन पाउँदैन ।

परम्परागत चिकित्सा प्रणलिअनुसार निन्द्र नलाग्ने समय भए , जाइफल घोटेर घिउमा मिसाई परेलामा लगाउनुपर्छ अनि निन्द्र लाग्छ । गाईको घिउमा जाइफललाई घोटेर पैताला र परेलामा लगाउँदा पनि निन्द्रा लाग्छ । आयुर्वेदअनुसार जाइफलको चूर्ण नपुंसकता हटाउनेसमेत प्रभावकारी हुने गर्छ ।नेपाल ताराबाट