फेसबुकमा अब अश्लिल तस्बिर राख्न नपाइने

72 पटक पढिएको

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार ०७:३९

सम्पादक: Dhading News

Fbफेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमति बिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ ।

फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागु हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन । फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही गर्ने र आपत्तिजनक पोस्टमाथि रिपोर्ट टुलका माध्यमबाट आपत्ति जनाउन सकिनेछ ।

यसपछि कम्युनिटी अपरेशन टिमले उजुरीकर्तालाई तस्बिरमा देखाइएको छ या छैन भन्ने छानविन गर्नेछ । त्यसपछि फोटो त्यहाँबाट हटाएर जुन एकाउन्टबाट पोस्ट भएको छ, त्यसलाई ब्लक गरिदिनेछ । यसपछि बिना कुनै मानवीय मद्दत एक फोटो पहिचान गर्ने सफ्टवेयरले सुनिश्चित गर्ने छ कि तस्बिर दोस्रोपटक पोस्ट भयो या भएन भनेर । फेसबुक वैश्विक सुरक्षा प्रमुख एन्टिगन डेभिसले यो पहिलो कदम भएको र यसका लागि प्रविधिको विकासमा आफूहरु प्रयासरत रहेको बताएका छन् ।


२८ चैत्र २०७३, सोमबार ०७:३९ मा प्रकाशित

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....