हेराल्ड दुनियाकी सबैभन्दा होची आमा

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 

55_255अमेरिका । अमेरिकाको केन्टकीमा बस्ने स्टेसी हेराल्डको शरीरको उचाई २ फिट ४ इन्च छ । उनले सन् २००० मा बिहे गरिन्, ५ फिट ९ इन्च अग्ला पुरुषसँग । हेराल्ड दुनियाकी सबैभन्दा होची आमा हुन् र उनका अहिलेसम्म ३ वटा बच्चा भैसकेका छन् ।
उनी ओस्टोगेनिसिस इम्पर्फेक्टा नामक रोगबाट पीडित छिन् । यसकारण उनको शरीरको उचाई बढ्न पाएन । तर, पनि उनले अहिले पारिवारिक र सन्तानसुख प्राप्त गरी सुखपूर्ण जिवन बिताइरहेकी छिन् ।
बच्चा जन्माउने भन्ने कुरा कल्पना पनि गर्न नसकिने शरीर भएकी स्टेसीले ३ वटा बच्चा जन्माएर साच्चीकै डाक्टरहरुलाई नै गलत सावित गरिदिएकी थिइन् । डाक्टरहरुले उनको जिउले बच्चाको भार थाम्न नसक्ने र गर्भ रहेमा उनको ज्यानै जानसक्ने चेतावनी दिएका थिए । गर्भमा बच्चा रहेमा आमाको मुटु तथा फोक्सोले नै काम नगर्ने र उनको मत्यु हुने डाक्टरहरुको भनाई थियो । तर, स्टेसीले डर मानिनन्, हिम्मत हारिनन् ।
उनी एकचोटी होइन, तीनपटक गर्भवती भइन् र तीनवटा बच्चा जन्माइन् । उनका दुई छोरी र एक छोरा छन् । उनको पहिलो बच्चा उनीजस्तै समस्याग्रस्त छ तर अरु दुई बच्चा सामान्य छन् ।
यद्यपि, गर्भावस्थाको समयमा उनलाई निकै पीडा भयो तर बच्चा जन्माइसकेपछि उनले सबै पीडा भुलिन् र अहिले सन्तान सुखमा रमाइरहेकी छिन् ।अनलाइनखबर