फ्रुटि पिलाएर बेहोस पारी लुट्ने दुई पक्राउ

857 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18033837_636639663206627_8172402894474437766_n

संगै यात्रा गरिरहेका यात्रुलाई बिषालु पदार्थ मिसाएको फ्रुटी पिउन दिई बेहोस पारेर लुटपाट गर्ने दुई जनालाई धादिङको नौविसेबाट पक्राउ गरिएको छ ।  धादिङको धुनिवेशी नगरपालिका ६नौबिसे मा शुक्रवार  बिहान काकडभिट्टाबाट  बाट काठमाण्डौंका लागि छुटेको ना ६ ख ८४५१ नम्बरको बसमा यात्रा गरिरहेका भारतिय नागरिक रन्जित कुवर र रबी कुनाल ले बस मा सवार मोरङ उर्लाबारी नगरपालिका तीन का ४६ बर्षका   कमल श्रेष्ठ र झापा जिल्ला बुधसान्ती नगर पालिका का ३३ बर्षका गणेस आचार्य लाई फ्रुटिमा बिसालु पदार्थ मिशायार खान दिइ बेहोस पारेर ति दुइका गलामा रहेको सिक्री नगद पैशा लुटी बाट ओर्लेर फरार भएका थिए ।

बेहोस वनाई बसका यात्रु लुटिए  पछि बस खानीखोला स्थित प्रहरी चौकीमा रोकेर तत्काल खोजी गर्दा नौबिशे  बस बाट ओर्लेर दारी काट्न लागेको अवस्थामा  इलाका प्रहरी कार्यालय खानिखोला बाट खटिएको प्रहरी को टोलिले ति दुइ लाई पक्राउ गरेको हो पक्राउ परेका दुवैलाई  इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणामा लिई अनुसन्धान गरिरहेको छ ।  बेहोस दुवैको शिवदर्शन अस्पताल धार्केमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको धार्केबाट पत्रकार राजाराम डंगोलले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।