मुस्ताङको कागबेनीमा बस दुर्घटना, पाँचको मृत्यु, ३० घाइते

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मुस्ताङ: मुस्ताङको कागबेनी नजिक वारागाउँ मुक्ति क्षेत्र-४ मा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३० भन्दा धेरै घाइते भएका छन् ।

मुक्तिनाथ दर्शन गरी जोमसोमतर्फ आउँदै गरेको ना५ख ६०६७ नम्बरको तीर्थयात्री सवार बस शनिबार दिउँसो १२ बजेर २० मिनेट जाँदा दुर्घटना भएको हो । दुर्घटनमा परी तीनजनाको घटनास्थलमै ज्यान गएको हो भने दुईजनाको उपचारकाक्रममा जिल्ला अस्पताल मुस्ताङमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन । घाइते ३० जनामध्ये १२ जनाको अवस्था गम्भीर रहेको मुस्ताङका प्रहरी प्रमुख हरिहरनाथ योगीले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् पोखरा ल्याउने तयारी भएको पनि उनले जानकारी दिए ।