बेनीघाट–लापुभिर–माछाखोला–लार्के–तिब्बत जोड्ने सडकको निर्माण हुने

751 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (4) धादिङको वेनिघाट देखि गोरखा जिल्लाको आरुघाट लार्के हुंदै तिब्बत जोड्ने सडकको निर्माण हुने भएको छ । बेनीघाट–आरुघाट–लार्के–तिब्बत सडकअन्तर्गत हावाडाँडा–लापुभिर खण्डको लापुभिरमा बम बिस्फोट गरी मार्ग खोल्ने बैशाख ११ गते देखि औपचारिक रुपमा सुरुआत भएको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडक प्रधानसेनापति राजेन्द्र क्षत्रीले धार्चे गाउँपालिकाको लापुभिर पुगेर आईतबार शिलान्यास गर्दै सेनाले तोकिएको समय तीन वर्षभित्र मार्ग खुलाउने काम गरिसक्ने बताउनुभयो । लापुभिरको पहरा फुटाउन नसक्दा जिल्लास्थित एघारकिलो भालुस्वाँरा सडक कार्यालयले पाँच वर्षदेखि सडक निर्माण अघि बढाउन सकेको थिएन ।

हावाडाँडादेखि लापुभिर, माछाखोला हुँदै लार्के जोड्ने करिब ८३ किमी मार्ग खुलाउने जिम्मा सेनाले पाएको हो । मनास्लु पदमार्ग हुँदै सडक निर्माण सुरु भएपछि पदमार्गको विकल्पमा मान्वु गाउँको बाटो प्रयोग गरिएको छ । बटुवा, पर्यटक र खच्चर सोही बाटो आवतजावत गर्छन् । सो सडक निर्माण हुँदा उत्तरी गोरखाका लापु, उहिया, गुम्दा, काशीगाउँ, केरौंजा, सिर्दिबास, बिही, प्रोक, ल्हो र सामागाउँका बासिन्दाले यातायात सेवा पाउने छन् । रासस