दुई महिना देखि हराईरहेका ताइवानी पर्यटक भेटिए , एकको मृत्यु

911 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

taiwani-tourist (1)धादिङ,१३ बैशाख – धादिङको रुवीभ्याली गाउँपालिकाको तिप्लिङ, पान्साङपास हुंदै रसुवाको लाङटाङ भ्रमणमा जानेक्रममा हराईरहेका ताइवानी पर्यटक करीब २ महिना पछि भेटिएका छन । हराईरहेका मध्ये एक जना जिवितै र अर्का मृत अवस्थामा भेटिएको उद्धारटोलीले जनाएको छ ।
विना गाइड लाङटाङ क्षेत्रमा ट्रेकिङ गएका दुई ताइवानी मध्ये एकलाई जिउँदो अवस्थामा र एकको मृत अवस्थामा फेला परेको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेजबहादुर गुरुङले बताए । उनीहरु गत फागुन २० गतेदेखि वेपत्ता थिए । २१ वर्षीय लाइङ सिंङ युन अचेत अवस्थामा फेला भेटिएका छन भने १९ वर्षीया लिउ चेन चुन मृत अवस्थामा भेटिएको गुरुले जानकारी दिए ।
उनीहरुलाई गणेश हिमाल पर्यटन विकास समितिका तर्फबाट खोजी गर्न हिडेका स्थानीय दावा तामाङको टोलीले फेला पारेको हो । बुधवार विहान पाल्दोर पिक जाने बाटोमा पर्ने नार्चेत खोलाको किनारमा ताइवानी महिला पर्यटक लिउको शव भेटे पछि सँगै रहेको वनमा पुरुष पर्यटक लाइङलाई पनि फेला परेको दावा तामाङलाई उदृत गर्दै स्थानीय जस थापा तामाङले जानकारी दिए । अहिले अचेत अवस्थामा रहेका लाइङको उद्धार गरी नजिकैैको बस्ति सम्म लैजाने प्रयास भइरहेको अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । जिउँदो रहेका लाइङ भीरमा अड्किएर रहेको र त्यसको ठीक तल लिउको शव भेटेपछि स्थानीयहरुलाई उनीहरुको दुर्घटना लडरे भएको हुन सक्ने अनुमान गरेका छन । घटनास्थल निकै जोखिमपूर्ण स्थानमा रहेकाले जिवितै रहेका युवकलाई त्यहाँबाट उद्धार गरी नजिकैको बस्तिमा लैजाने काम भईरहेको र विहिवार हेलिकप्टरवाट उनलाई काठमाण्डौं लगिने वताईएको छ ।

11-23042017035138-1000x0लाङटाङ राष्ट्रिय निकुञ्जको अनुमती लिएर धादिङको तिप्लीङ क्षेत्रबाट अन्तिम पटक परिवारसँग सम्पर्क भएको र त्यसपछि सम्पर्कमा नआएकाले उनिहरुको खोजी गरिदिन परिवारले नेपाल सरकारलाई आग्रह गरेको थियो । उनीहरुको खोजीका लागि भारतमा रहेको ताइवान दुतावासले पर्यटक प्रहरी इकाइमा निवेदन समेत दिएका थिए । प्रहरीले भने लाङटाङ राष्ट्रिय निकुन्जमा फागुन १० गते प्रवेश गर्ने अनुमति लिएको कागजात पाइएको बताएको थियो ।
काठमाडौं स्थित एसियन ट्रेकिङ प्रा.लि.मार्फत सदरमुकाम धादिङबेसी हुँदै पदयात्रामा गएका ताईवानी नागरिक फागुन २५ गतेसम्म ३ दिन तिप्लिङ्गको लवदुङ्गमा होमस्टेमा बास बसेका थिए । फागुन २६ गतेदेखि लगातारको हिमपातले २२ सय मिटरसम्मका भागमा भारी हिमपात भएको थियो । पान्साङबाट समुद्री सतहबाट ४२ सय उचाईमा रहेको छ । पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै करिब १२ किमि यात्रा गरेपछि धादिङ र रसुवा जिल्लाको सिमानामा पर्ने सोमदाङ पुगिन्छ । पर्यटकलाई लक्षित गरेर सोमदाङमा होटलहरु संचालनमा रहेका छन ।