धादिङका स्थानीय तहका उम्मेदवारको नाम आउन थाल्यो

900 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाली कांग्रेस संग मिलेर चुनावमा जाने दुई दलको तयारीले सफलता पाउन नसकेपछि नेकपा माओवादी केन्द्र धादिङका सबै स्थानीय तहthree-party-newsमा एक्लै चुनावमा जाने भएको छ ।
माओवादी केन्द्रले शनिवार जिल्लाको ज्वालामुखी गाउँ पालिका वाहेक ८ वटा गाउँ पालिका र २ नगरपालिकामा प्रमुखको उम्मेदवार चयन गरेको छ । नेकपा माओवादी केन्द्र धादिङका अनुसार जिल्लाको रुवीभ्याली गाउँ पालिकाको प्रमुखमा रामसिंह तामाङ, खनियाबासमा सेकेमान तामाङ,गंगाजमुनामा नवराज अधिकारी,त्रिपुरासुन्दरीमा दलबहादुर बुर्लाकोटी (विजय),सिद्धलेकमा पुष्प थपलिया,वेनिघाट रोराङमा हरि डल्लाकोटी,गजुरीमा गणेशलाल श्रेष्ठ, गल्छीमा बिक्रम तामाङ,थांक्रेमा जिन्दगी थापा, नीलकण्ठ नगरपालिकामा मनराज भण्डारी र धुनिवेसी नगरपालिकामा दिपक लामिछानेलाई सम्वन्धित गाउँ पालिका र नगरपालिकाको प्रमुखमा उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ ।
नेकपा एमालेले पनि आईतबार सांझ सम्ममा सबै गाउँ पालिका र नगरपालिकाको वडा तहमा समेत उम्मेदवारहरुको टुंगो लगाउने भएको छ । एमालेले धुनिवेसी नगरपालिकाको प्रमुखमा वालकृष्ण आचार्य, उपप्रमुखमा निरु खरेल, थांक्रे गाउँ पालिका अध्यक्षमा रामकुमार आचार्य,उपाध्यक्षमा अम्बिका रुपाखेती, गल्छी गाउँपालिकामा अध्यक्षमा कृष्णहरी श्रेष्ठ, उपाध्यक्षमा राधा तिमिल्सिना,गजुरीमा अध्यक्षमा राजेन्द्रबिक्रम बस्नेत, उपाध्यक्षमा सिता ढुंगाना, वेनिघाट रोराङमा अध्यक्षमा गिरिराज कंडेल, उपाध्यक्षमा मायादेवी शर्मा, सिद्धलेकमा अध्यक्षमा प्रेमप्रसाद सिलवाल, उपाध्यक्षमा कमला शर्मा, ज्वालामुखीमा अध्यक्षमा रामप्रसाद अधिकारी उपाध्यक्षमा जानुका तिमिल्सिना,नीलकण्ठ नगरपालिकामा प्रमुखमा अर्जुनकुमार श्रेष्ठ,उपप्रमुखमा गंगा श्रेष्ठ को नाम चयन गरिसकेको र सोमबार सांझ सम्ममा सबै स्थानीय तहको नाम सार्वजनिक गरिने एमाले श्रोतले जनाएको छ । एमालेले सबै स्थानीय तहका उम्मेदवारहरुको नाम एकै पटक सार्वजनिक गर्ने तयारि गरिरहेको वताईएको छ । यता नेपाली कांग्रेसले भने अरु दुई दलको उम्मेदवार टुंगो लागेपछि मात्रै पार्टीको तर्फबाट उठ्ने उम्मेदवारको ना बाहिर ल्याउने भएको छ ।अन्य स्थानमा उम्मेदवार टुंगो लगाउन ढिला भईरहेको भएपनि नेपाली कांग्रेसले त्रिपुरासुन्दरीमा वासु तिमिल्सिना, नेत्रावतीमा टेकजंग लामा र गल्छीमा विनोद कार्कीलाई  गाउँ पालिकाको अध्यक्षको उम्मेदवारको रुपमा चयन गरेको छ । बांकी रहेका गाउँ पालिका र नगरपालिकामा पनि छिट्टै नाम सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

ठुला दलबाट को उम्मेदवार भन्ने टुंगो लगाउन समय लागेपनि नयाँ शक्ति नेपालले भने यस अघिनै जिल्लाभरका स्थानीय तहका प्रमुखको उम्मेदवार सार्वजनिक गरिसकेको छ ।