डाक्टर नवराज लम्सालको महाकाव्य ‘धरा’ सार्वजनिक

121 पटक पढिएको

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार ०९:०७

सम्पादक: Dhading News

Dharaकाठमाडाैं :  धादिङको ज्यामरुङ हाल नीलकण्ठ नगरपालिकामा जन्मिएका चर्चित साहित्यकार,पत्रकार कवि डा. नवराज लम्सालको महाकाव्य ‘धरा’ को शनिबार लोकार्पण गरिएको छ । कवि लम्सालले १० वर्ष लगाएर लेखेको ४३८ पृष्ठको सो महाकाव्य वरिष्ठ कवि तुल्सी दिवस, डा गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुङ्गाना, डा जगमान गुरुङ, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, पत्रकार धर्मेन्द्र झालगायतले सार्वजनिक गरेका हुन् ।

वरिष्ठ कवि दिवसले ‘धरा’ मा टुक्रा टुक्रा नभई सिङ्गै नेपालका बारेमा मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको बताए। उनले मुलुक बनाउन अरुलाई गुनासो मात्र नगरी हरेकले आफ्नो तर्फबाट योगदान दिनुपर्छ भन्ने प्रमाणका रुपमा ‘धरा’ले काव्यिक जवाफ दिएको बताए ।

पुस्तकबारे बोल्दै डा गोविन्दराज भट्टराईले लम्सालले महाकाव्य विधामा आफूलाई अलग रुपमा स्थापित गर्न सफल भएको बताए ।

ऐश्वर्य प्रकाशनले प्रकाशन गरेको ‘धरा’ रेडियो नेपालमा कार्यरत लम्सालको छैठौँ साहित्यिक कृति हो । पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सबै जीवित पूर्व प्रधानमन्त्रीहरुको सङ्क्षिप्त भूमिका समावेश गरिएको छ । रासस


१७ बैशाख २०७४, आईतवार ०९:०७ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....