धादिङका गाउँ गाउँका मतदाता अुसरक्षित हुन थाले

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । १६ बैशाख -बैशाख ३१ को निर्वाचन नजिँकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु मतदातालाई धम्क्याएर भएपनि आफ्नो पक्षमा पार्न लागि परेकोले आफूहरुलाई सुरक्षा चाहिएको विभिन्न स्थानका नागरिकहरुले गुनासो गरेका छन् ।
नीलकण्ठ नगरपालिका—१पात्ले धुसेनीमा गाउँबासी वभिन्न राजनीतिक दलका रातीको गस्तीले हैरान भएको बताएका छन् ।
साँझपरेपछि गस्ती गर्ने, घरका मानिसहरु छन् कि छैनन् भनेर लट्ठी लिएर आएकाहरुले सोधी खोजी गर्ने, र आफ्नो पार्टी लाइृ भोट नहालेमा भुकम्पले भत्एिर बनाउँदै गरेको घर पास हुन नदिने, गाउँमा दिइएका विभिन्न भत्ता तथा अनुदान नदिने सत कुरा गरे आफूहरुलाई आतंकित पारेको र कुनै राजनीतिक पार्टीमा लागेमा अपहरण गरेर बेपत्ता पार्ने जस्ता धम्की आइरहेको ०७४ बैशाख १५ गते गाउँबासीेले बताए ।
यसैगरि नीलकण्ठ नगरपालिका –३ धादिङबेसीमा बैशाख १५ गते बीचबजार स्थित क्याम्पस चोक अगाडी युवाहरुबीच झडपको स्थिति आएको थियो ।
मोटरसाइकलमा आएका एक जना युवालाई लक्षित गरि नेपाली काग्रेस पार्टी कार्यालय अगाडी ढुङ्गा प्रहार भयो । मोटरसाइकलमा आएका युवाको हेलमेट समेत झरेपछि उनि भाग्न सफल भए । सोही बेलामा एक हुल युवाहरु तरबारहरु लिएर सडकमा निस्किएपछि आतंकित भएको थियो । घटनालगत्तै प्रहरीले चा जना युवालाई नियन्त्रण लिएको छ । उ(निहरुलाई सार्वजनिक अपराध ऐन अनुसार कारबाहीको लागि मुद्धा दर्ता गरिएको छ । अनुसन्धानको क्रममा भएकोले गिरफ्तार गएिकाको नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ ।
घटना पछि सदरमुकाम लगायतका क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको प्रहरीले जनायो ।