धुनिवेशीकी महिला उम्मेदवारको आत्महत्या बन्यो शंकास्पद!

691 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hankingधादिङ, – धादिङ  स्थानीय तहको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गरेकी नेकपा एमाले धादिङकी एक महिला उम्मेदवार मृत फेला परेकी छन् ।  प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार बुधबार बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

वडा सदस्यमा उम्मेदवारी दर्ता गराएकी मिजारले नेकपा माओवादी केन्द्रको दबाब सहन नसकेर आत्महत्या गरेको एमालेका राजेन्द्र न्यौपानेले आरोप लगाउनुभएको छ । यसअघि पनि माओवादीले ज्यान मार्ने धम्की दिंदै आएको मिजारले बताउनुभएको न्यौपानेले जानकारी दिनुभएको छ । मनोनयन दर्ता गराए लगत्तै पनि ‘अब मलाइ मार्छन’ भन्दै मिजार रोएको प्रत्यक्ष दर्शीले बताएका छन ।

मिजारले एमालेबाट उम्मेदवारी दिने चर्चा चलेदेखि नै माओवादीका कार्यकर्ताहरुले पटक पटक फोन गरेर थर्काउने, धम्की दिने गरेको समेत न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार मिजारले पहिलो संविधानसभा चुनावमा माओबादीलाई र दोस्रोमा एमालेलाई भोट हाल्नुभएको थियो । यसैले माओबादी कार्यकर्ता उहाँदेखि रुष्ट थिए ।

धुनिबेशी नगरपालिका वडा न. ३ का एमालेका वडाध्यक्ष उम्मेदवार राजेश रुचालले पनि उक्त कुराको पुष्टि गर्दै घटनाको प्रकृति र महिला उम्मेदवार मिजार को कुरा हेर्दा घटना शंकास्पद रहेको र प्रहरी अनुसन्धान जारि रहेकाले अहिले नै किटानी गरेर यसै भन्न नसकिने अवस्था रहेको कुरा धादिङ न्यूज डट कम लाइ बताउनु भएको छ ।

विना मिजारले किन आत्महत्या गरिन् भनेर घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो ।