धादिङमा ७ प्रहरी निलम्बित

678 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 images (2)धादिङ २५  वैशाख- निर्वाचन सुरक्षाका लागि खटाईएका प्रहरीले आचरण विपरितको काम गरेको पाईएपछि उनिहरुलाई तत्काल कारवाही गरिएको छ ।  आचरण विपरित गतिविध गरेको आरोपमा धादिङमा प्रहरी हवल्दार सहित ७ प्रहरी निलम्बित भएका छन ।

        मध्यक्षेत्रिय प्रहरी प्रमुख डिआईजी गणेश केसी निरीक्षणमा गएका बेला प्रहरीले  होहल्ला गरेको देखेपछि उनीहरुलाई निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्थानीय निर्वाचनमा सुरक्षार्थ हेटौंडा स्थित रातामाटे गणवाट आएका ती प्रहरीले मदिरासेवन गरी होहल्ला गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि आइतबार निलम्वन गरिएको हो । निर्वाचन सुरक्षार्थ जिल्लामा ५ सय प्रहरी बाहिरि जिल्लाबाट ल्याइएको छ । उनीहरुलाई सदरमुकामस्थित मिनीकभर्ड हलमा बस्ने व्यवस्था मिलाईएको छ । सोहि स्थानमा ती प्रहरीले मदिरा सेवन गरि हो हल्ला गर्ने गरेका थिए ।कुनै पनि सुरक्षाकर्मी र सरकारी कर्मचारीले आचरण विपरितका काम गरेको देखे भेटेमा ति व्यक्तिका वारेमा तत्काल जिल्ला स्थित सुरक्षा प्रमुखलाई जानकारी गराउन धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले आग्रह गरेका छन ।