धुनीबेंसीको एउटै नारा : उद्योग र ग्रामीण सडक व्यवस्थापन

1117 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhading-District-08052017042906-1000x0वैशाख २५, २०७४- देशकै सबैभन्दा पुरानो त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग भएको धुनीबेंसी नगरपालिका राजधानीसँग जोडिएको छ ।

साविकका छत्रेदेउराली, जीवनपुर र नौविसे गाविसलाई जोडेर गठन गरिएको धुनीबेंसी एकताका तरकारी, फलफुल र दूध उत्पादनमा ख्याती कमाएको थियो ।

धुनीबेंसी नगरपालिका जिल्लाकै सबैभन्दा बढी उद्योग, कलकारखाना र होटल व्यवसाय भएको नगरपालिका पनि हो । तरकारी, दूध र फलफूल उत्पादन गरि राजधानीमा नियमित निर्यात गर्ने धुनीबेंसी हाल उद्योगहरुको हव बन्दैछ ।

धुनीबेंसीमा करिव २ दर्जन भन्दा वढी इँट्टा उद्योग, २ वटा सिमेन्ट उद्योग छन् । प्लाष्टिक र औषधी उद्योग, ग्यास उद्योग, व्यवसायिक कुखुरापालन, माछा र बंगुरपालन, राजमार्ग छेउछाउमा सयौं साना ठूला होटलले प्रशस्तै आन्तरिक आयश्रोत भएको नगरपालिका भएको छ ।

बाह्रै महिना बेमौसमी तरकारीले हराभरा हुने धुनीबेंसी अहिले खेतीयोग्य जग्गाहरु इँट्टा उद्योग र कुखुरापालनलाई भाडामा दिएपछि सबै जग्गा राताम्मे देखिन्छ ।

यो नगरपालिकमा जताकतै ग्रामीण सडक सञ्चालनमा छन् तर सबै कच्ची छन् । पृथ्वीराजमार्ग र नौविसेदेखि हेटौंडा जाने बाइरोडको सडक बाहेक अन्तकतै पनि पक्की सडक छैनन् । जीवनपुर , छत्रेदेउराली, भिमढुङ्गा हुँदै काठमाडौंको सितापाइला जोड्ने सडक निर्माण भएको ४ दशक भइसक्दा पनि हालसम्म स्तरोन्नती गरिएको छैन ।

वार्षिक आन्तरिक आयश्रोत ने करोडौं संकलन हुने भएपछि मुख्य सत्तासाझेदार दलहरु र नेकपा एमालेका उम्मेदवारबीच स्थानीय चुनावमा कडा प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालले विभिन्न जिलमा कुखुरापालन र दाना उत्पादन उद्योग सञ्चालन गरेका ४८ वर्षीय व्यवसायी बालकृष्ण आचार्यलाई प्रमुख र उपप्रमुखमा नीरु खरेललाई अघि सारेको छ भने नेपाली कांग्रेसले ५८ वर्षीय माधवराज पाण्डेलाई प्रमुख र अप्सरा कोइरालालाई उपप्रमुखमा अघि सारेको छ । यसैगरी माओवादी केन्द्रले प्रमुख पदमा  दीपक लामिछाने र उपप्रमुख पदमा सावित्री आचार्यलाई उम्मेदवारमा बनाएको छ ।

सदरमुकाम नीलकण्ठमा पदीय बाँडफाँड गरी चुनावी तालमेल गरेका सत्तासाझेदार दलहरु धुनीबेंसीमा सहकार्य गर्न सकेनन् ।
सबै पार्टीका उम्मेदवारहरुले धुनीबेंसीको सडकसन्जालको स्तरोन्नती, राजमार्ग चौडा, उद्योगहरुको व्यवस्थापनमा आफनो चुनावी नारा बनाएका छन् ।

-इकान्तिपुरबाट