गाउँ गाउँमा चुनावी सभा गर्दै भोट माग्दै एमाले

894 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18301497_1288767017907838_2979660824530047949_nनेकपा एमाले धादिङले जिल्लाका १३ वटै स्थानिय तहमा चुनावी अभियानलाई एक साथ तिव्र पारेको छ ।
जिल्ला सदरमुकामको निलकण्ठ नगरपालिकाका साथै जिल्लाका सबै गाउ तथा नगरपालिकामा चुनावी अभियान तिव्र पारिएको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख सुवास खतिवडाले बताउनुभयो ।
चुनावी अभियान अन्तर्गत जिल्लाका सबै स्थानीय तहका गाउँ र वडाहरुमा स्थानीय उम्मेदवार र जिल्ला तथा केन्द्रिय तहका नेता कार्यकर्ताको उपस्थितीमा चुनावी सभा र घरदैलो अभियान संचालन भईरहेको एमालेले जनाएको छ ।
निलकण्ठ र धुनीवेसी नगरपालिकाका साथै सबै गाउँ पालिकाको वडा वडामा एक चरणको चुनावी सभा सम्पन्न भईसकेको र केही स्थानमा घरदैलो अभियान संगै चुनावि सभा संगै घरदैलो अभियान सम्पन्न गरिने भएको छ ।
सोमवार जिल्लाको रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी,ज्वालामुखी, शिद्धलेक, वेनिघाट रोराङ। गजुरी, गल्छी,थांक्रे लगायताका गाउपालिकाका विभिन्न स्थानमा घरदैलो र चुनावी सभा सम्पन्न भएका छन ।