विभिन्न देशको मुद्रा सहित नागढुंगामा ६ चिनियाँ नागरिक पक्राउ

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

download

२७ बैशाख, धादिङ –
६ चिनिया नागरिकलाई प्रहरीले विभिन्न देशका मुद्रा सहित नागढुंगाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार दिउँसो विभिन्न आठ देशको मुद्रा सहित पक्राउ गरेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले तीन लाख ४९ अमेरिकन डलर, ६८ हजार युरो, १७ हजार ७ सय चाइनिज युयान, ३१ लाख जापनी येन, स्विस फ्रांन्क २२ सय, अष्ट्रेलियन डलर १४ सय, पाउण्ड स्टर्लिङ ११ सय र नेपाली २४ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।

यो रकम नेपाली रुपैयाँ चार करोड ७५ लाख बराबर हो । उनीहरु पर्यटन गाडीमा चढेर केरुङ नाका हुँदै चीन जान लागेका थिए । उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।