सल्यानटारमा ट्रकको ठक्करबाट एकको मृत्यु

948 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

salyantar-accidentधादिङ,२८ बैशाख – धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा नेपाली कांग्रेसले निकालेको ¥यालिमा सहभागी बोकेको ट्रकले ठक्कर दिंदा एक युवकको ज्यान गएको छ ।
त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर १ रानीपोखरी घर भएका रमेश श्रेष्ठले चलाएको ग १३ प ३०६० नम्बरको स्कुटीलाई बा ३ ख ३५५९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा स्कुटी चालक ३० वर्षीय श्रेष्ठको घटनास्थलमानै ज्यान गएको सल्यानटार प्रहरी चौकीले जनाएको छ । ट्रकको ठक्करबाट स्कुटीमा सवार श्रेष्ठकी श्रीमती २६ बर्षिया सुनिता श्रेष्ठ गम्भिर घाईते भएकी छिन । घाईते श्रेष्ठको सल्यानटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको भएपनि उनको अवस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाण्डौं लैजान हेलिकप्टरको खोजी भईरहेको छ ।
नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँ पालिकाको चुनाव प्रचारका लागि बिहीवार गाउँ पालिकास्तरीय ¥याली निकालिएको र सोही ¥यालीमा सहभागी भएकाहरुलाई लिएर सल्यानटार तर्फ गईरहेको ट्रक सांझ ६.१५ वजे तिर साविकको सल्यानटार गाविसको खकुराल डिहीमा आईपुग्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परि अन्य एक जना पनि घाईते भएको स्थानीयले वताएका छन ।