जिल्ला भर मतगणना जारी, परिणामा आउने क्रम शुरु

1040 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhading-District-08052017042906-1000x0धादिङ-आईतबार बेलुकी ५ वजे जिल्लाभर एकै साथ सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना कार्य शुरु भएको छ । केही स्थानमा आईतबार राती देखिनै मतगणना गरिएपनि अधिकांश स्थानमा भने सोमवार विहानबाट मतगणना शुरु गरिएको छ । जिल्ला सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाको मतगणना कार्य दिउंसो १ वजे सम्म पनि शुरु हुन सकेको छैन । मतगणना भईरहेका मध्ये अहिले सम्म नेत्रावती गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर पल्ली विजयी भएका छन् । नेत्रावतीमा हालसम्म  माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार ठाकुर गुरुङको ४ सय ८२ मत, उपाध्यक्ष उर्मिला तामाङको ५ सय ३२ मत, एमालेका उम्मेदवार दुर्गाकुमार शाक्य (नारायण)को २ सय ७७ मत, उपाध्यक्ष मीना तामाङको २ सय ८७ मत, काँग्रेसबाट अध्यक्षका उम्मेदवार टेकजंग लामाको १ सय ६५ मत र उपाध्यक्ष आशामाया तामाङले १ सय ९७ मत ल्याएका छन् ।

त्यसै गरी धादिङको थाक्रे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार इन्द्र बहादुर थापा विजयी भएका छन् । १ हजार २३ मत गणना गरिएकोमा काँग्रेस माओवादी ४ सय ८५ मतले विजयी भएको छ भने एमालेकोे ४ सय ५५ मत रहेको छ ।