उम्मेदवारले छाडेपनि मतदाताले छाडेनन चुनाव चिन्ह

669 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ—धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. १ बाट उम्मेदवार नै नभएको चुनाव चिन्हमा ५३६ मत खसेको छ। एमाओवादी केन्द्रको उम्मेदवारी नदिएको उपाध्यक्षमा २ सय ६८ र अध्यक्ष पदमा उम्मेदवारी नदिएको नेपाली काँग्रेसको चुनाव चिन्हमा २ सय ६८ मत प्राप्त गरेका छन्।bllot-box_hgqq07xequ_Kg1YdmDHG1

काँग्रेस र माओवादी केन्द्रको तालमेलपछि यस गाउँपालिकामा काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्षको मनोनयन फिर्ता लिएको थियो। कांग्रेस माओवादीले आफ्ना मतदाता सम्झाउन नसक्दा यस्तो परिणाम आएको हो।

बेनिघाट रोराङ गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस संयुक्त चुनावी मैदानमा गएका थिए। माओवादीका तर्फबाट अध्यक्षका उम्मेदवार हरि डल्लाकोटी र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट देवीप्रसाद सिलवाल उम्मेदवार बनेका थिए। संयुक्त उम्मेदवार भए पनि माओवादी केन्द्रको अध्यक्षमा ३ सय र उपाध्यक्षमा २ सय ६८, नेपाली काँग्रेसको अध्यक्षमा २ सय ६८ र उपाध्यक्षमा ३ सय १ र नेकपा एमालेको अध्यक्षमा २ सय ३६ र उपाध्यक्षमा २ सय ३५ मत ल्याएका छन्।

बेनिघाट गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नन्दु तामाङ विजयी भएका छन्। २ सय ९२ मत ल्याई तामाङ विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जीवनकुमार तामाङले २ सय ७६ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार हिरालाल तामाङले २ सय ३९ मत प्राप्त गरे।

एमालेका उम्मेदवार गिरीराज कँडेलले २ सय ३६ र उपाध्यक्ष मायादेवी शर्माले २ सय ३५ मत ल्याएका छन्। मत गणना जारी छ नागरिक न्यूजमा खबर छ ।