सिद्धलेक गाउँ पालिकाको प्रमुखमा प्रेमनाथ सिलवाल विजयी

866 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18527901_787712604726353_5356919191265162515_nधादिङको सिद्धलेक गाउँ पालिकाको अध्यक्ष उपाध्यक्ष र ६ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरु भारी बहुमतले विजयी भएका छन । साविकको नलाङ, सलाङ र कुम्पुर गाविस गाभेर वनाईएको सिद्धलेक गाउँ पालिकाको अध्यक्षमा नलाङका प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कुम्पुरकी कमला शर्मा विजयी हुनु भएको छ ।अध्यक्ष पदमा विजयी हुनुभएका सिलवालले ५६०७ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका बद्रि अर्यालले ३८६२ र अर्का प्रत्याशि नेकपा माओवादी केन्द्रका पुष्प थपलियाले २०७० मत पाएका छन । यसै गरी उपाध्यक्षमा एमालेलाई ५५४४,कांग्रेसलाई ३८६२ र माओवादीलाई १८१९ मत आएको सिद्धलेक स्थित  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिद्धलेक गाउँपालिकाका वडाहरुमा १ मा चन्द्र सिलवाल, २ मा कमल गुरुङ ३ मा देब पुलामि, ४ मा रामहरि बाराकोटी, ६ मा टिका थपालिय ७ मा लक्ष्मण खतिवडा विजय भएका छन् । वडा ५ मा नेपाली काङ्ग्रेस  प्रकाश घले विजयी भएका छन ।जिल्लाको १३ वटा स्थानीय तह मध्ये सबै भन्दा पहिला मत परिणामको नतिजा सार्वजनिक हुने गाउँ पालिका सिद्धलेक भएको छ । नतिजा सार्वजनिक संगै नेकपा एमालेले पनि रेकर्ड कायम गरेको छ  ।अध्यक्ष पदमा विजयी हुनुभएका सिलवाल २०५४ सालमा शिक्षण पेशा बिचैमा छाडेर नलाङ गाविसको अध्यक्ष पदमा चुनाव लडि विजयी हुनु भएको थियो । नेकपा एमाले धादिङका कार्यालय सचिव समेत रहनु भएका सिलवालले धादिङ जिल्ला अस्पताल विकास समितिको अध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ ।