नीलकण्ठ नगरपालिकाको मतगणना जारी- माओवादी केन्द्र २, एमाले २ र कांग्रेस १ वडामा विजयी

811 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tinpartyधादिङ ।नीलकण्ठ नगरपालिकाको प्रमुख पदमा अहिले सम्म कांग्रेस ४३८३ र एमाले १७९४ अहिले सम्म मत प्राप्त गरेको छ । मतगणना जारी नै छ । 

नीलकण्ठ नगरपालिकाको निर्वाचन परिणाम जिल्लावासीका लागि मात्रै होइन देश विदेशमा रहेकाहरुको लागि पनि सर्वाधिक चासो वन्न पुगेको छ । साविकको नीलकण्ठ, सुनौलावजार, साङकोष,मुरलीभञ्ज्याङ,ज्यामरुङ,खाल्टे र धुंवाकोट गरी सात वटा गाविसलाई गाभेर वनाईएको नीलकण्ठ नगरपालिकाको मेयर को वन्ला र वडामा कस्ले जित्ला भन्नेमा सबैको ध्यान गएको छ ।
कुल चौध वटा वडा रहेको यस नगरपालिकाको मतगणना वडा नम्बर ११ बाट शुरु भई वडा नम्बर १०,१३ र ६ नम्बर वडाको मतगणना सम्पन्न भई मतपरिणाम वाहिर आउँदा नेकपा एमालेले वडा नम्बर ११ र ६, नेकपा माओवादीले वडा नम्बर १२ र ५ मा प्यानल सहित विजय हासिल गरेको छ भने वडा नम्बर १३ मा नेपाली काँग्रेस विजय भएको छ । धादिङको नीलकण्ठ नगरपालिकाको ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस मध्ये माओवादी केन्द्र २, एमाले १ र कांग्रेस १ वडामा विजयी भएको छ ।

वडा नं १० मा नेकपा एमालेका विजयराज इटनी  ५ सय ८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका विमल पाठकले ४ सय ५१ मत ल्याए । वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका रामकुमार श्रेष्ठ विजयी भएका छन् । कुल २ हजार ८ सय १४ मतदाता रहेको नीलकण्ठ ५ मा जम्मा २ हजार १ सय ८५ मत खसेको थियो । जसमध्ये माओवादी केन्द्रका उम्मेदवार रामकुमार श्रेष्ठ ७ सय ३३ मत ल्याई विजयी भएका हुन् ।  नेपाली काँग्रेसका हष्तबहादुर गुरुङले ६ सय ९४ मत ल्याए । यस्तै ११ मा माओवादी केन्द्रका तिलक थापा मगर विजयी भए । उनले ७ सय १० मत ल्याई विजयी भएका हुन् ।यस्तै वडा नं. १३ मा नेपाली कांग्रेसका उम्मेदवार होमबहादुर गुरुको प्यानल नै विजयी भएको छ ।

यसैगरी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा इश्वरप्रसाद रिजाल टिम सहित वडा अध्यक्षमा विजयी भएका छन ।