गंगाजमुनामा एमाले, ज्वालामुखीमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

765 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tinparty - Copyधादिङको थप दुई वटा गाउँ पालिकाको मत गणना सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक भएको छ । पछिल्लो बिबरण अनुसार गंगाजमुना  र ज्वालामुखी गाउँ पालिकाको मत गणना सम्पन्न भई नतिजा सार्वजनिक भएको हो । गंगाजमुना गाउँपालिकामा नेकपा एमालेका वलवहादुर अधिकारी अध्यक्षमा र उपाध्यक्षमा पनि एमालेकै एन्जिला तामाङ विजयी हुनु भएको छ । गंगाजमुना गाउँ पालिकामा साविकको बसेरी, बुढाथुम,फुलखर्क, गुम्दी र रि गाविस समेटिएका छन ।
बलबहाददुरले ३ हजार ३ सय ५६ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत ल्याई पराजित भए ।त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका उम्मेदबार एन्जिला तामाङले ३ हजार ४ सय २२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका दुर्गा दाहालले ३ हजार १ सय २८  मत ल्याई पराजित भए ।

धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । नेपाली काँग्रेसका विनोद तिमल्सीना ५ हजार ९ सय ५४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका रामप्रसाद अधिकारी ५ हजार ९ सय ३० मत ल्याई पराजित भए ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका जानुका सिम्खंडा ५ हजार ७ सय ७९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले ४ हजार ८ सय ९४ मत ल्याई पराजित भए ।

ज्वालामुखी गाउँपालिकामा नेकपा एमाले बिरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्र तालमेल गरी अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार खडा गरी मैदानमा गएको भएपनि उपाध्यक्ष पदमा एमालेले विजय हासिल गरेको हो ।