रेमिट २० प्रतिशतले बढ्यो

719 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC00846 copyधादिङबेशी (धादिङ्न्युज)/ सिभिक डेभलपमेण्ट बैंक लिमिटेडले २०७० जेष्ठमा गत महिनाभन्दा २० प्रतिशत बढिले रेमिट भित्र्याएको दावी गरेको छ । सिभिक डेभलपमेण्ट बैक धादिङ जिल्लालाई मात्र कार्यक्षेत्र बनाई स्थापना भएको बैक हो ।
बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यका अनुसार धादिङ जिल्लाबाट बिभिन्न देशमा रोजगारीका लागि गएका नेपाली नागरीकहरुले आफ्नो परिवारका नाममा पठाएको रकम सर्व सुलभ तरिकाबाट प्रदान गर्दै आएको छ । बैंकले जिल्लाको नीलकण्ठ गा.बि.स.मा दुई वटा कार्यालय र बैरनी, आदमघाट तथा आरुघाट शाखाबाट रेमिट सुविधा प्रदान गर्दै आई रहेको छ । बैंकले आई.एम.ई., प्रमु, वेष्टर्न, नबिल, सिद्धार्थ, रिलायबल, मेघा, सुलभ रेमिटसंग सहकार्य गरी रेमिट भित्र्याउने कार्य गर्दै आएको छ ।

२०७० बैशाखमा ६ सय ३५ जना व्यक्तिहरुबाट २ करोड ८६ लाख ८३ हजार रेमिट भित्र्याएकोमा २०७० जेष्ठमा ३ करोड ४६ लाख ६९ हजार रुपैया भित्रयाएको छ । बैकका महाप्रवन्धक वज्राचार्यका अनुसार बैकको २०७० जेष्ठको अभिलेखलाई आधार मान्ने हो भने प्रति व्यक्ति ४१ हजार रुपैया रेमिट धादिङमा  भित्रिएको देखिन्छ ।