गल्छी ६ र ७ मा एमालेको प्यानलनै विजयी

1541 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

uml

गल्छी गाउँ पालिका वडा नम्बर ६ अर्थात साविकको बैरेनी गाविस ९ बाट वडाअध्यक्षमा नेकपा एमालेका राजन श्रेष्ठ प्यानल सहित विजयी हुनु भएको छ ।
वडाअध्यक्षमा निर्वाचित श्रेष्ठले ६७७ उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका भिमसेन पाण्डेले ५२६ मत पाउनु भएको छ । यस वडाबाट गाउँ पालिका अध्यक्षमा एमालेलाई ७२४ काँग्रेसलाई ५९६ र माओावदीलाई १५ मत परेको छ भने उपाध्यक्षमा एमालेलाई ७२४, काँग्रेसलाई २०६ र माओवादीलाई ३४६ मत परेको छ । यसै गरी गल्छी गाउँ पालिकाको वडा नम्बर ७ को मतगणना कार्य सम्पन्न भएको छ । साविकको बैरेनी गाविस वडा नम्बर ८ मा पर्ने गल्छी गाउँपालिका वडा नम्बर ७ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा हरि खतिवडा प्यानल सहित विजयी भएका छन । एमालेका वडा अध्यक्षका उम्मेदवारले ७१९, काँग्रेसले ५०२ र माओवादीले १८१ मत पाएका छन । यस वडा बाट गाउँ पालिका अध्यक्षमा एमालेलाई ७३२, कांग्रेसलाई ६४० र माओवादीलाई २३ मत आएको छ । त्यसै गरी उपाध्यक्षमा एमालेलाई ६२०, काँग्रेसलाई ३२८ र माओवादीलाई ३३२ मत आएको छ । अब अन्तिम वडाका रुपमा गल्छी ८ नम्बर को मतगणना अहिले भईरहेको छ ।