गल्छी गाउँ पालिकाको अध्यक्षमा कृष्णहरी श्रेष्ठ र उपाध्यक्षमा राधा तिमिल्सिना विजयी

965 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17760238_434362406911528_3750873204185589056_nगल्छी गाउँ पालिकाको अध्यक्षमा कृष्णहरी श्रेष्ठ र उपाध्यक्षमा राधा तिमिल्सिना विजयी हुनु भएको छ ।
गल्छी गाउँ पालिकाको ८ वटै वडाको मतगणना सम्पन्न हुंदा अध्यक्षमा श्रेष्ठलाई ६०५१ र उपाध्यक्षमा तिमिल्सिनालाई ६०२८ मत प्राप्त भएपछि उहाँहरु दुवै जना निर्वाचित हुनु भएको हो । अध्यक्ष पदमा नेपाली काँग्रेसका विनोद कार्कीले ५२०७ र उपाध्यक्षमा काँग्रेसको कला खृतवडाले २१४९ र नेकपा माओवादी केन्द्रका मिना झ्यारीले ३१८४ मत पाएका छन । गल्छी गाउँ पालिकाको ८ वटा वडा मध्ये ७ वडामा एमालेका उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन भने वडा नम्बर ४ मा वडा अध्यक्ष नेपाली काँग्रेसबाट र अन्य सदस्यहरु भने एमालेबाट विजयी भएका छन । 17796344_434361086911660_2666657682449193197_n
गल्छीको वडाअध्यक्षहरुमा विजयी हुनेहरुमा १ नम्बरमा पूर्णप्रसाद खतिवडा, २ नम्बरमा षडानन्द खनाल ३नम्बर मा कपिल रेग्मी ४ नम्बर मा राजु अधिकारी, ५ नम्बरमा प्रेम तामाङ,६ नम्बरमा राजन श्रेष्ठ,७ नम्बरमा हरि खतिवडा र ८ नम्बरमा भरत तामाङ विजयी भएका छन ।
अध्यक्ष पदमा विजयी हुनु भएका श्रेष्ठ २०५४ सालमा पनि बैरेनी गाविसको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । गल्छी गाउँ पालिकामा बैरेनी र कल्लेरी गाविसको सबै वडा र गोगनपानी गाविसको १,२,३,४ र ९ नम्बर वडा समेटिएका छ  छन ।

     धादिङको १३ स्थानीय तहमध्ये अहिले सम्म नेकपा एमालेले  धुनिवेसी नगरपालिका, थांक्रे ,सिद्धलेक, गल्छी  र गंगाजमुना गाउँ पालिकामा प्रमुख उपप्रमुखनै विजय हासिल गरेको छ भने नेत्रावतीमा प्रमुख र ज्वालामुखीमा उपप्रमुख पद जितेको छ ।