आजदेखि संसदको वर्षे अधिवेशन सुरु

655 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

parliament-of-nepal-niti-karyakram-samsad-866422-768x474काठमाडौं -व्यवस्थापिका संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार दिउँसो १ बजे संसद बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सुरु सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले नीति तथा कार्यक्रमका प्राथमिकताका बारेमा जानकारी गराउने सम्भावना रहे पनि टुंगो लागि नसकेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए ।

सरकारले आउँदो बिहीबार नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नेछिन् । सरकारले राष्ट्रपति भण्डारी समक्ष आइतबार नै नीति तथा कार्यक्रम पेश गरेको छ ।