देउवाले अवमूल्यन गरेको भन्दै नेता पौडेलले छाडे काँग्रेस

769 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Ganga-Paudel-Onlinepana-768x497कांग्रेस पर्वत क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति गंगाधर पौडेलले पदबाट राजीनामा दिएका हुन् ।३१ जेठको स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका प्रमुखमा उम्मेदवारी दिन खोजेका पौडेलले टिकट नपाएपछि पार्टी छाडेका हुन् ।

नेपाली काँग्रेसले आइतबार कुश्मामा गरेको विजय सभामा पौडेलले राजीनामा घोषणा गरे । उनले लिखित रुपमा भने राजीनामा पत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्नुन जोशी र पर्वतका सभापति खिमप्रसाद भुसालसमक्ष बुझाएका छन् ।

पौडेलले कुश्मा नगर प्रमुखमा आफूले उम्मेदवारी दिने सोचत बनाए पनि पार्टीले आफूभन्दा कनिष्ठलाई टिकट दिएकाले राजीनामा दिएको बताए ।

‘मैले ४० वर्षसम्म राजनीतिमा लागेर योगदान दिएँ’, उनले भने, ‘म मेयरमा उठ्ना खोज्दाखोज्दै मभन्दा कनिष्ठ र मेरो भाई नाता पर्नेलाई टिकट दिएकाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको छु ।’

पौडेलले पार्टीबाट अलग भएपछि स्वतन्त्र नागरिकको जीवन बिताउने घोषणा गरे । उनले पार्टीको जिल्ला कमिटी र केन्द्रले आफ्नो योगदानको अवमूल्यन गरेकाले अब उक्त पार्टीसँगको आबद्धता समाप्त भएको बताए ।

पौडेलले गत १८ वैशाखकै सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएको भए पनि चुनावी परिणाम प्रभावित हुन सक्ने सोचले चुनाव सकिएपछि सार्वजनिक गरेको उल्लेख गरे ।