logo

धुनिवेशी नरगपालिकामा निर्वाचित मेयर र उपमेयरको पदबहाली

1456 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sapath-grahan-dhunibesi-960x640
धादिङ । धुनिवेशी नगरपालिकामा स्थानिय निकायको निर्वाचन पश्चात नव निर्वाचित मेयर बालकृष्ण आचार्य,उपमेयर निरु खरेल,नौ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुको शपथ ग्रहण समारोह सकिएको छ । बैशाख ३१ गतेको निर्वाचन पछि जनताद्धारा निर्वाचित पदाधिकारीलाई आज खानिखोला स्थित मच्छिन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा औपचारिक कार्यक्रमका विच सपथ ग्रहण साथै प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

सपथ ग्रहणमा धुनिवेशी नगरपालिकाका निर्वाचन अधिकृत उपेन्द्रराज पौडेलले मेयर आचार्य र उपमेयर निरु खरेललाई जनताको नाममा सपथ खुवाएका थिए । त्यसैगरी वडा अध्यक्ष र सदस्यलाई मेयर आचार्यले सपथ खुवाएका थिए । यसैगरी सपथ ग्रहण लगतै निर्वाचित सवैलाई प्रमाणपत्र सहित खादा लगाइएको थियो । सो क्रममा धादिङ क्षेत्र नम्बर ३ का सांसद तथा पुर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डेले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

सपथ ग्रहण समारोहमा बोल्दै मेयर आचार्यले आफुलाई जिताउने सम्पुर्ण मतदाता, शुभचिन्तक र निर्वाचन सफल बनाउने निर्वाचन अधिकृतको टिमलाई धन्यावाद व्यक्त गरेका थिए । उनले सपथ ग्रहणपछि आधिकारिक जनताको प्रतिनिधि भएकोले धुनिवेशी नगरपालिकाको सम्पुर्ण जनताको पक्षमा स्वतन्त्र,निष्पक्ष र कानुनमा टेकेर निर्णय गर्ने बताए ।

उनले अव भाषणको समय नरहेको बताउदै जनताको काममा तत्काल ध्यान दिने बताए । उनले भुकम्पपछि जनता अझैपनि टहरामा बस्न बाध्य रहेको र बास्तविक पिडितले अनुदान नपाएको बताए । उनले अव सरकारले किस्ताबन्दीमा भन्दा एकमुष्ठ रकम जनताको हातमा पुर्याउन पर्ने बताए ।

मेयरको पद बहाली – तिन निर्णयमा हस्ताक्षर

सपथ ग्रहणपछि आजै मेयर बालकृष्ण आचार्य र उपमेयर निरु खरेलको पद बहाली भएको छ । सपथ ग्रहण सकिएलगतै धुनिवेशी नगरपालिकाको कार्यालयमा मेयर रउपमेयरको कार्यकक्षमा दुवै जनालाई निर्वाचन अधिकृत उपेन्द्रराज पौडेलले पद बहाली गराएका थिए । पदबहाली लगतै मेयर आचार्यले तिन निर्णय गरेका छन ।

१.लामो समयदेखी जनप्रतिनिधि नरहेको अवस्थामा विगतका गाविस संरचनाबाट सरकारले सम्मान स्वरुप दिएको बृद्धभत्ता प्रत्यक्ष बृद्धको हातमा नपुगेको र बृद्धभत्तामा व्यापक अनिमियतता देखिएकोले अव बृद्धको हातहातमा स्वयम निर्वाचित जनप्रतिनिधि मार्फत वृद्धभत्ता पुर्याउने निर्णय गरिएको छ । जसबाट बृद्धभत्ता वितरण पारदर्शी,डाटा अपडेटमा सरलीकरण र सम्बन्धित बृद्धबृद्धाले राज्यको सेवा प्रत्यक्ष हातमा आएको महसुस गर्नेछन ।

२.भुकम्पपछि धुनिवेशी नगरपालिकामा रहेका विभिन्न ठाँउमा खानेपानीको मुहान सुकेको र भएका मुहानहरुमा पनि पानी घट्दै गइरहेको अवस्थामा नौविसे,जिवनपुर र छत्रेदेउरालीमा खानेपानीको चरम अभाव बढेको यथार्तलाई मध्येनजर गर्दै एक टोल एक धारा थप गर्ने निर्णय गरिएको छ । जसबाट खानेपानीको चरम अभाव रहेका टोलहरुमा केही हदसम्म भएपनि राहात महसुस हुनेछ ।

३. व्यक्तिगत घटना दर्तालाई सहज बनाउन जन्म मृत्यू बसाईसराई र विवाह दर्ता जस्ता गम्भिर विषयलाई कम्प्यूटराज्ड गर्ने निर्णय गरिएको छ । जसबाट नगरपालिकामा भएका व्यक्तिगत घटनाको तथ्याङक समयमा नै पाउन सकियोस र नगरपालिकालाई विभिन्न अभिलेख खोज्नुपर्ने झन्झटिलो प्रक्रियालाई अन्त्य गर्न सघाउ पुग्नेछ ।

निर्वाचनको तातोपिरो विर्सनुस – राजेन्द प्रसाद्र पाण्डे

यसैविच सपथ ग्रहण तथा पदबहालीमा सहभागी हुनआएका सांसद तथा पुर्वमन्त्री राजेन्द्र पाण्डेले निर्वाचनको बेला विभिन्न दलमा भएको तातोपिरोलाई विर्सिएर अघि बढ्न आग्रह गरेका छन । उनले धुनिवेशी नगरपालिकालाई सम्वृद्ध बनाउन सवै एकठाँउमा उभिउनुपर्ने बताए । अहिले निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य हरुको आ–आफ्नै जिम्मेवारी रहेको बताए । उनले मेयर, उपमेयर लगाएत अन्य निर्वाचितहरुको लागि अधिकार र कर्तव्य सहितको नियमावली चाँडै संसदबाट पारित हुने बताए ।

पाण्डेले धुनिवेशी नगरपालिकाको प्रधानमन्त्री बालकृष्ण आचार्य, उपप्रधानमन्त्री निरु खरेल वडा अध्यक्षहरु मन्त्री र वडा सदस्यहरु साँसदको रुपमा रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारीलाई कसैले कम नआँक्न समेत आग्रह गरे । आफुलाई पनि धादिङकै जनताले विभिन्न पद तथा ओहदामा पुर्याएको बताउदै उनले भने-‘ म विश्वको ४० भन्दा बढी देश घुमे यो सबै यहाँकै जनाको कारणले भएको हो भोली तपाईहरु पनि जेट विमान चढ्नुहोला, बोइङ चढ्नुहोला तर कहिल्यै पनि आफुले टेकेको माटो नभुल्नुहोस ।,आफ्ना जनता नभुल्नुहोस ।’ उनले भुकम्पले पिडित जनताको भत्किएको घरमा इन्जिनियरहरुले लापरवाही गरेका आरोप समेत लगाउदै भने-‘उहाँहरु आउनुभयो, ट्यावलेटले चिरिएको घर देखेन,सग्लो घर भत्किएको देख्यो, त्यसको फोटो खिच्यो त्यहाँ अनुदान आउने सुचीमा नाम पर्यो, पिडित जस्ताको त्यस्तै टहरामा बास आजपनि उस्तैछ ।’

धुनिवेशीलाई सम्वृद्ध बनाउन सांसद पाण्डेको चार सुझाव

१. पाण्डेले मच्छिन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नती गरेर व्यवस्थित र सर्वसुलभ शिक्षा प्रदान गर्दै स्नातकोत्तर सम्म अध्ययन गर्न पाउने व्यवस्था मिलाउन र त्यही किसिमको कार्य अघि बढाउन सुझाव दिए ।

२ उनले छत्रेदेउराली र जिवनपुरको सिमानामा मनमोहन विश्वविद्यालय निर्माणको काम आफ्नै पहलबाट प्रक्रियागत ढंङ्गले अघि बढेको र त्यसमा अहिलेको धुनिवेशी नगरपालिकाको नेतृत्वमा रहेको टिमले पुर्ण सहयोग गर्न आग्रह गरे । जसको कारणबाट धुनिवेशी नगरपालिकामा शिक्षा क्षेत्रले महत्वपुर्ण फड्को मार्ने उनको दावी थियो ।

३. पाण्डेले धार्के–सितापाईला सडकको काम आफ्नै नेतृत्वमा अघि बढेको र अहिलेपनि करोडौ रकम छुट्टिएकोले त्यस सडकको अभिभावकको भुमिका निर्वाह गर्न आग्रह गर्दै उनले सितापाईला–धार्के सडकले धुनिवेशी नगरपालिकालाई अझै काठमाडौँसंग नजिक्याउने सडक रहेको र यसबाट प्रशस्तै लाभ लिन सकिने उनले बताए ।

४. उनले अव धुनिवेशी नरगपालिकामा गएरमात्र खाना र नास्ता खान सक्ने वातावरण बनाउन अहिलेको निर्वाचित टिमलाई सुझाव दिएका छन । उनले भने-‘देशका विभिन्न ठाँउबाट आएका सवारी साधन यही नगरपालिका हुँदै राजधानी भित्रन्छन र राजधानीबाट पनि यही नरगपालिका हुँदै विभिन्न जिल्लामा यात्रुहरु बाहिरिन्छन तर यो क्षेत्रको नसम महङगो खान,दुषित खाना र अस्वस्थ खाना पाइने ठाँउको नाममा चर्चित भएको छ । अव यसलाई हामीले चिर्न सक्नुपर्छ ।’

उनले नगरपालिकाले कडाईका साथ व्यवस्थित होटल सञ्चालन गर्न र सफा, सस्तो र स्वस्थकर खानेकुरा पाइने ठाँउको रुपमा विकास गर्न सुझाव दिए । उनले यहाँको हावाले काठमाडौ बाँचेकोले धुनिवेशीमा रहेका उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्दे प्रदुषण कम गर्ने उपाए अपनाउन समेत सचेत गराएका थिए ।

सहजताका साथ निर्वाचन सफल बनाउन पाउदा खुसी छु – निर्वाचन अधिकृत उपेन्द्रराज पौडेल  

यसैविच धुनिवेशी नगरपालिकाका निर्वाचन अधिकृत उपेन्द्रराज पौडेलले २० बर्ष पछाडीको स्थानिय निकायको निर्वाचनमा धुनिवेशी नगरपालिकाको निर्वाचन अधिकृतको हैसियतमा आफुलाई सवैले साथ दिएको बताए ।

उनले कुनै अप्रिय घटना हुन नदिई सवै राजनितिक दल, सुरक्षा निकाय र नगरपालिकामा कार्यरत कर्मचारीले आफुलाइ पुर्ण साथ दिएकोमा हार्दिक आभार समेत व्यक्त गरे ।

उनले २० बर्षसम्म स्थानिय तहमा जनप्रतिनिधि नहुँदा विभिन्न समस्या आएको तर कर्मचारीले सकेको सेवा दिएको दावी गरे । अवका दिनमा पनि निर्वाचित भएर आएको टिमलाई नरगपालिकामा रहेका कर्मचारीको पुर्णसाथ दिने उनले बताए । हेडलाईननेपालबाट 


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic