खुकुरी प्रहारबाट घाईते कुमाललाई हेलिकप्टरमा काठमाण्डौं लगियो

1329 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18582571_1952995038257263_4058233644482559981_n (1) 18620322_1952995308257236_2398366632224696083_nधादिङ,९ जेठ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा खुकुरी प्रहारवाट एक युवक गम्भिर घाईते भएका छन ।
मंगलवार विहान ११ वजे तिर भएको सो घटनामा परि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोटका ठाकुर कुमाल घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कुमालका दुवै हात, खुट्टा र गर्धनमा खुकुरी प्रहार गरिएको छ । प्रहार भए लगत्तै सदरमुकामस्थित जिल्ला अस्पतालमा प्राथमिक उपचार गराई घाइतेलाई उपचारार्थ सेनाको हेलिकप्टरमा राजधानी स्थित ग्राण्डी अस्पताल पुर्‍याइएको छ ।

      मंगलबार बिहान साढे १० बजे अस्पतालबाट एकजना वृद्धा विरामी र कुकुरले टोकेको बालकलाई मोटरसाइकलमा राखेर घर तर्फ जाँदै गर्दा नीलकण्ठ ८ ससाह देउराली स्थित माध्यमिक विद्यालको ढोकैनिर मोटसाइकल रोकेर छिमेकी रामबहादुर तामाङ र हेमन्त दुवाडीले खुकुरी प्रहार गरेको घाइते तथा प्रत्यदर्शीहरुले बताएका छन् ।

     घाईते ठाकुर नेपाली कांग्रेस निकट नेपाल कुमाल संघका महासचिव हुन ।  उनलाई आक्रमण गर्ने तामाङ पनि   नेपाली कांग्रेसका कार्यकर्ता रहेको र निर्वाचन अगावै जनजातीबाट वडानं ८ को सदस्यमा उम्मेदवारी टिकट कसले पाउने भन्ने विषयमा दुवैको भनाभन   परेको वताईएको छ ।  दुवैजनाले टिकट नपाए पछि  तामाङ नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका आफ्ना ससुरा शालिकराम दुवाडीको प्रचारमा हिँडेका थिए । शालिकराम पराजीत भए पछि उनीहरुबीच वैमनस्यता झनै बढेको प्रहरीले प्रारम्भिक अध्ययनपछि बताएको छ ।

आक्रमण लगत्तै मोटरसाइकलमा   भागेका आक्रमणकारीहरुको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : नारायणकुमार श्रेष्ठको फेसबुकबाट