logo-768x225

कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

75 पटक पढिएको

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार १०:५६

सम्पादक: Dhading News

Pregnancy-300x225काठमाडौं, -उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैंडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौंको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आप्mना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध बिस्तारै प्रेमका रूपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो ।

महिनावारी रोकिएपछि उनीहरू दुवैजना एक क्लिनिकमा परीक्षण गर्न जाँदा गर्भ रहेको थाहा पाए र दुवैजना छानाबाट खसेझैं भए । सामाजिक लोकलाज र व्यक्तिगत समस्याका कारण गर्भपतन गर्नु नै उचित ठानी गर्भपतन गराए । पहिलोपटक गत साउनमा गर्भपतन गराएका उनीहरूको त्यसपछि पनि यौन सम्बन्ध रोकिएन । गएको चैतमा कल्पना त्यही समस्या लिएर स्वास्थ्य केन्द्र पुग्दा उनको पाठेघरमा थप समस्या देखियो । यसपटक उनले परिवारमा थाहा नहोस् भनेर औषधि पसलबाट औषधि ल्याएर खाँदा पनि गर्भ नगएपछि बाध्य भएर अस्पताल पुगेकी थिइन् ।

कल्पनामात्र होइन, यो समस्या अहिले राजधानीलगायत सहरी क्षेत्रका विद्यालय, कलेजमा अध्ययन गर्ने कतिपय छात्रा झेल्दै छन् । गर्भपतन गराउने २० वर्षमुनिका धेरैजसो ‘प्लस टु’ पढ्ने किशोरी रहेको गर्भपतनको सेवा पु¥याइरहेका अस्पताल तथा स्वास्थ्य संस्थाबाट थाहा हुन्छ । ‘अहिले २० वर्षमुनिका जतिले गर्भपतन गराइरहेका छन्, उनीहरू अधिकांश अविवाहित छन्,’ जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंका तथ्यांक प्रमुख पुष्कर बिजुक्छे भन्छन् । आप्mना यौनसाथीसँग अस्थायी साधन प्रयोगमा पर्याप्त छलफल नहुनु, यौन स्वास्थ्यबारे पर्याप्त जानकारी नहुनु र परिवार नियोजनको अस्थायी साधन प्रयोगमा बढ्दै गएको अनिच्छा नै यसरी गर्भपतन बढ्नुको प्रमुख कारण रहेको उनको ठम्याइ छ ।

परिवार र छिमेकीले थाहा पाउँछन् कि भनेर सुटुक्क औषधि खाँदा जटिल समस्या भोग्नुपर्ने हुन्छ भन्ने ख्याल धेरैले राख्दैनन् । गर्भपतन गराउने औषधि खाएपछि कतिपय बगेको रगत नथामिएर मरणासन्न भएपछि अस्पताल जाने गर्छन् । गर्भ रहेको समय, औषधिको मात्रा, खाने तरिका र शारीरिक अवस्था नमिलेकाले पनि धेरैले अकालमै मृत्युवरण गर्नुपरेको छ ।

काठमाडौंको दुई वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि २० वर्षमुनिका किशोरीमा गर्भपतन गर्ने क्रम उच्च रहेको पाइन्छ । आव २०७२÷७३ मा १५ हजार ९९ जनाले गर्भपतन गराएकामा २० वर्षमुनिका ४ हजार ५ सय ४५ अर्थात् ३०.१० प्रतिशत रहेका छन् ।

तीमध्ये औषधि सेवन गर्ने २ हजार ६ सय ९ र शल्यक्रिया गरी गर्भपतन गर्ने १ हजार ९ सय ३६ रहेको जनस्वास्थ्य कार्यालय, काठमाडौंले जनाएको छ । आव २०७१÷७२ मा १३ हजार ७ सय ५७ जनाले गर्भपतन गराएकामा २० वर्षमुनिका ३ हजार ४ सय ५८ अर्थात् २५.१४ प्रतिशत रहेका छन् । तीमध्ये औषधि सेवन गर्ने १ हजार ४ सय ९७ र शल्यक्रिया गरी गर्भपतन गर्ने १ हजार ९ सय ६१ रहेको थियो ।

मेलाजात्रामा हुने आकस्मिक भेटघाट, विद्यालय, कलेजमा पढ्ने सहपाठीसँगको मायाप्रेमसँगै हुने गल्तीले नै धेरै अविवाहित युवती तथा किशोरीसामु गर्भपतन गर्नुपर्ने अवस्था निम्तिएको छ । जबर्जस्ती करणी पनि अनिच्छित गर्भ रहनुको अर्को कारण हो भने लिंग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या पनि उत्तिकै छ । दुर्गम भेगमा भन्दा सुगम, सहरी र शिक्षित वर्गमै गर्भपतनलाई सामान्य रूपमा लिने गरिएको छ । देशभरिका अस्पताल तथा स्वास्थ्य केन्द्रमा २० वर्षभन्दा कम उमेरमा गर्भपतन गर्ने, दोहो¥याएर गर्भपतन गर्ने र जथाभावी औषधि सेवन गर्दा स्वास्थ्य समस्या उत्पन्न भई अस्पतालमा पुग्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको देखिन्छ ।

सुरक्षित गर्भपतन सेवा सहज र सर्वसुलभ हुँदा असुरक्षित गर्भपतन घटे पनि सेवा लिनेको संख्या अस्वाभाविक रूपमा बढ्नु चुनौती भएको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका निर्देशक नरेशप्रताप केसी बताउँछन् । किशोरीमा गर्भपतन गर्ने क्रम बढ्नु चिन्ताको विषय हो । अनिच्छामा गर्भ रहेमा गर्भपतन गराउनु नराम्रो होइन तर कुन उमेर समूहका स्त्रीले गर्भपतन गराइरहेका छन् र किन गर्भपतन भइरहेको छ भन्ने महŒवपूर्ण विषय हो ।

आव २०७२÷७३ मा गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गर्न आउने महिलाको संख्या २० वर्षमुनिको ३८ प्रतिशत रहेको थियो । गर्भवती महिलाले चार, ६, आठ र नौ महिनामा गरी चारपटक जाँच गराउनुपर्नेमा त्यसरी परीक्षण गर्न आएका किशोरीमध्ये १२ प्रतिशतले मात्रै चारैपटक परीक्षण गराएबाट बाँकी २६ प्रतिशतले गर्भपतन गराएको हुन सक्ने बिजुक्छे बताउँछन् । विसं २०१६ मा प्रकाशित नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षणले आव २०७२÷७३ मा नेपालको औसतमा परिवार नियोजनका साधन प्रयोग गर्दा सम्पूर्ण विधि पूरा गर्ने ५२.६ प्रतिशत रहेको छ तर आधुनिक साधन प्रयोग गर्ने भने जम्मा ४३ प्रतिशत छन् ।

गर्भपतनका कारण शारीरिक कमजोरी, पाठेघरको संक्रमण, बाँझोपन र रक्तअल्पताको समस्या देखापर्ने स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल भन्छन्, ‘पटकपटक गर्भपतन गराउँदा शारीरिक र प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्छ । अत्यधिक रक्तस्राव भएर रक्तअल्पताको समस्या हुने गर्छ । धेरैपटक गर्भपतन गराउँदा पाठेघर कमजोर हुने भएकाले पछि आमा बन्न समस्या हुन्छ ।’ अधिकांश किशोरी तल्लो पेट दुख्ने, नियमित समयमा महिनावारी नहुने र सेतो पानी बग्ने समस्याले गर्दा विद्यालय, कलेज आउन सक्दैनन् । असुरक्षित गर्भपतनलाई नरोक्ने हो भने अहिले १५ प्रतिशत रहेको बाँझोपन दर बढ्ने डा. रिजालको भनाइ छ । असुरक्षित गर्भपतनले पाठेघर खस्ने, क्यान्सर हुने र मृत्युसमेत हुने जोखिम रहन्छ ।

दैलेख, बाँसीकी २० वर्षीया शोभा शाहीले असोज तेस्रो साता यस्तै नियति व्यहोर्नु प¥यो । अत्यधिक रक्तस्राव भएर आएकी उनको अस्पताल पुगेको करिब ४ घन्टामै मृत्यु भएको थियो । परिवारले उनको पेटमा १६ साताको बच्चा रहेको भने पनि जाँच्दा २८ साताको थियो । ती महिलाले गर्भपतन गराउने औषधि खाएपछि पाठेघर फुटेर मृत्यु भएको समाचारमा आएको थियो ।

नेपालमा हुने मातृ मृत्युदरको तेस्रो कारण असुरक्षित गर्भपतन हो । वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित रूपमा हुने गरेको छ ।

४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको छ । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रूपमा हुने गरेको पाइएको छ ।

अध्ययनअनुसार नेपालमा वार्षिक ३ लाख २३ हजार ९४ जनाले गर्भपतन गरेकामा १ लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गरेको पाइएको छ । बाँकी १ लाख ८६ हजार ९४ महिलाले भने मान्यता नदिएको स्वास्थ्य संस्थाबाट गर्भपतन गरेको पाइएको छ । आईपास कार्यक्रमका सल्लाहकार माधवी ब्रजाचार्यका अनुसार नेपालमा हालसम्म ९ लाख महिलाले गर्भपतन सेवा लिएका छन् । औषधि र जनशक्तिको अभावले गर्दा हालसम्म ५० जिल्लामा मात्र गर्भपतनको सेवा पुग्न सकेको छ । १२ साताभन्दा बढीको गर्भपतन गराउने सुविधा २७ वटा अस्पतालमा मात्र छ ।

विवाहपूर्व नै पटकपटक गर्भपतन गराइसकेपछि विवाहपछि चाहेर पनि गर्भाधान गर्न गाह्रो हुने चिकित्सकहरू बताउँछन् । अहिले विवाहितले भन्दा बढी अविवाहितले गर्भपतन गराइरहेको बताउँछन्, प्रसूति गृहका निर्देशक प्राडा. अमीरबाबु श्रेष्ठ । गर्भपतनलाई मानवीय संवेदनशीलताको दृष्टिले भन्दा कतिपय स्वास्थ्य संस्थाले व्यापारका रूपमा लिन थालेको उनी बताउँछन् । प्रसूति गृहमा आव २०७२÷७३ मा २० वर्षमुनिका ७१ जनाले गर्भपतन गराएका थिए भने चालू आवको अहिलेसम्म पनि त्यति नै संख्यामा गर्भपतन गराएका छन् ।

गर्भपतनलाई कानुनी मान्यता दिएसँगै गर्भपतन गराउने र बच्चा जन्माउनेको संख्या समानजस्तै देखिनुले गर्भपतनको सुविधाको दुरूपयोग हुन थालेको संकेत गर्छ । अनिच्छित गर्भका कारण शारीरिक, पारिवारिक र सामाजिक असर पर्ने अवस्थामा अन्तिम विकल्पका रूपमा सरकारले दिएको गर्भपतनको सुविधालाई धेरैले परिवार नियोजनको साधन बनाएका छन् । यसले आगामी दिन प्रजनन स्वास्थ्यमा थप चुनौती र जटिलता ल्याउने निश्चित छ ।रासस


१० जेष्ठ २०७४, बुधबार १०:५६ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana