दुर्घटनामा परि घाईते गल्छी गाउँपालिकाका अध्यक्षको उपचार हुंदै

982 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18699829_1517205621663542_6850279877854635239_nधादिङः  सवारी दुर्घटनामा परि घाईते हुनु भएका गल्छी गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष कृष्णहरी श्रेष्ठको उपचार भईरहेको छ ।

वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गल्छी गाउँ पालिकाको अध्यक्षमा   विजयी हुनु भएका  श्रेष्ठ जनतालाई घरदैलोमै पुगेर धन्यवाद दिन दिन गाउँ जानु भएको बेला शुक्रवार विहान मोटरसाइकल दुर्घटनामा परेर घाईते हुनु भएको थियो ।

गजुरी गाँउपालिका–६ भल्टारबाट गल्छी गाँउपालिका–४ जोड्ने झोलुङ्गे पुल पार गरिसकेपछि मोटर साइकल अनियन्त्रित भई  पल्टिंदा चालक शिव  पौडेल सहित अध्यक्ष कृष्णहरी श्रेष्ठ घाईते भएको गाउँ पालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले बताउनु भयो ।

अध्यक्ष श्रेष्ठलाई घटनास्थलबाट नेपाली सेनाको ६ नं. वाहीनी अड्डा वैरेनी स्थित फि.ए.गुल्म अस्पतालमा  प्राथमिक उपचार पश्चात हेलिकप्टरबाट थप उपचारका लागि शुक्रवारनै काठमाडौ लगिएको थियो । अध्यक्ष श्रेष्ठको करङको हड्डी भाँचिएको र मोटरसाइकल चालक पौडेलको हातको पाता खुस्केको एमालेका जिल्ला सदस्य नरेश खतिवडाले जानकारी दिनु भयो ।

नवर्निवाचित अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना सहितको समूह गल्छी गाँउपालिका–४ मा पर्ने  चिनियाँखर्क, ज्यामिरचौर, कार्कीडाँडाका गाउँका मतदातालाई घरदैलोमै पुगेर  धन्यवाद दिने कार्यक्रम अनुसार घरदैलौमा गएको बेला सो दुर्घटना परेको हो । घाईते अध्यक्ष र चालक दुवैको अहिले उपचार भईरहेको छ ।