भारतले तेलबाट चल्ने सवारी बन्द गर्दै

805 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

नयाँ दिल्ली – भारतले सन् २०३० सम्ममा पूर्ण रुपमा विद्युतीय सवारीको प्रयोग गर्ने लक्ष्य राखेको छ ।  पेट्रोलिय पदार्थको प्रयोगले वातारण प्रदुषणको दर बढ्दै गएकाले सरकारले यस्तो नीति ल्याउन लागेको उर्जा मन्त्री पीयुष गोयलले बताए।

हाल भारत  विश्वमै सबैभन्दा बढी तेल आयातकर्ता मुलुकहरुमध्येको तेस्रोे स्थानमा पर्छ । तेलको आयातलाई शत प्रतिशत घटाउनका लागि विद्युतीय सवारीको प्रयोग एक मात्र विकल्प भएको मन्त्री गोयलको भनाई छ।

भारतको एक तथ्यांक अनुसार भारतमा इन्धन आयातमा वार्षिक रुपमा १ खर्ब ५० अर्ब भारतीय रुपैयाँ बराबरको खर्च हुने गरेको छ भने वार्षिक १० लाख मानिसहरुको मृत्यु वातावरण प्रदुषणका कारण हुने गरेको छ ।

विद्युतीय सवारीको प्रयोगले पूर्ण रुपमा वातावरण प्रदुषणको असरलाई नियन्त्रण गर्ने लक्ष्यका साथ सरकारले यस्तो निती ल्याउने लागेको हो।

विद्युतीय सवारीको उत्पादनको सुरुवातको २ वर्षसम्म भारत सरकारले उत्पादक कम्पनीलाई आर्थिक सहयोग गर्ने मन्त्री  गोयलले बताए । भारतको ग्रीन स्पेस नामक संस्थाले गरेको एक अनुसन्धान अनुसार भारतमा वातावरण प्रदुषणका कारण मृत्यु हुनेहरुको संख्या धुम्रपानका कारण मृत्यु हुनेहरु भन्दा थोरैले मात्र कमी रहेको छ।

दिनप्रति दिन बढ्दै गएको वातावरण प्रदुषणको श्रृङखलालाई न्यून गर्नका लागि भारत सरकारले सन् २०१६ मा सवारी साधनको प्रयोगमा जोर बिजोर प्रणाली समेत अपनाएको थियो । वातावरण प्रदुषणलाई न्यून गर्ने सवालमा यो उपाय पनि केही मात्रामा प्रभावकारी भएतापनि यसबाट शत प्रतिशत समाधान हुन नसकेको मन्त्री गोयलको बताए ।

विश्व स्वास्थ्य संगठनले गरेको एक अनुसन्धान अनुसार अत्याधिक रुपमा वायु प्रदुषण हुने विश्वका २० मुलुकहरु मध्ये भारत १३ स्थानमा परेको छ नागरिक न्यूजले खबर लेखेको छ ।