पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँ पचास पैंसा घट्यो

456 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

petrol-5943d2414414d8.29113063काठमाडौं: नेपाल आयल निगमले शुक्रबार इन्धनको मूल्य घटाएको छ। निगमकाअनुसार शुक्रबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँ पचास पैंसा घटाएको हो।

निगमका प्रवक्ता सीताराम पोखरेलकाअनुसार निगमको शुक्रबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार नयाँ मूल्यअनुसार पेट्रोलको प्रति लिटर सय रुपैयाँ, डिजेल र मट्टितेलको प्रति लिटर ७६ रुपैयाँ प्रति लिटर कायम गरिएको छ।

यसअघि पेट्रोल प्रति लिटर एक सय एक रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ७७ रुपैयाँ ५० पैंसामा बिक्री भइरहेको थियो।इण्डियन आयल कर्पोरेशन (आईओसी) ले जुन १५ तारिखमा इन्धनको मूल्य सूची घटाएर निगमलाई पठाएकाले स्वचालित मूल्य प्रणालीअन्तर्गत इन्धनको मूल्य समायोजन गरिएको हो।