गुणात्मक सेवाका लागि सहकारी एकिकरण अनिवार्य -कँडेल

969 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

राजेन्द्र बस्नेत
धादिङ, ३ असार ः सहकारी आन्दोलनले सहकारीको संस्थाको संख्यात्मक वृद्धि गरेको छ, अव गुणात्मक सेवाका लागि सहकारी एकिकरण नगरी धरै छैन । संघिय ढाँचामा सहकारी व्यवस्थापन र चुनौती विषयक अन्तरक्रिया र पत्रकारहरु मात्र आवद्धरहेको धादिङ सञ्चार सहकारी संस्थाको छैटौ साधरण सभा सम्वोधन गर्दै राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले बताए । राज्यको पूर्नसंरचना भएर धेरै वटा गाविस मिलेर एउटा गाँउपालिका वा नगरपनालिका बने जस्तै सहकारी संस्थाहरु पनि एकिकरण गर्नु आवश्यक छ । प्रस्तावित सहकारी ऐनले पनि सहकारीको संख्यात्मक भन्दा पनि गुणात्मक सेवा प्रवाहमा जोड दिएको बताए । सहकारी आन्दोलनले पूँजी संकलन तथा परिचालनमा योगदान पुगेको छ कडेलले भने ।
प्रस्तावित सहकारी ऐनमा महानगरपालिकामा १ वडा, उपमहानगरपालिकामा २ वडा, नगरपालिका भए जोडिएका बढीमा ३ वडा, र गाउँपालिका भए बढीमा एक गाउँपालिका , ऐन प्रारम्भमै सो भन्दा बढी कार्य क्षेत्र भएको भए ३ वर्ष भित्र हिसाव फरफारक गरी प्रक्रिया पु¥याई सीमित गर्नु पर्ने व्यवस्था रहेको राट्रिष्य सहकारी संघका प्रवन्ध सञ्चालक केवि उप्रेतीले बताए । जगेडा कोषमा छुट्याएपछि बाँकी बाट कम्तीमा २५ प्रतिशत रकम संरक्षित पूँजी फिर्ता कोषमा वार्षिक जम्मा गर्नु पर्ने छ । जगेडा कोषमा छुट्याएपछि बाँकी बाट ०.५ प्रतिशतले हुन आउने रकम सहकारी प्रवद्र्धन कोषमा वार्षिक जम्मा गर्नु पर्ने छ । सहकारी प्रवद्र्धन कोष राष्टिय सहकारी विकास बोर्डमा रहने छ । सहकारी प्रवद्र्धन कोषको सञ्चालन विधि तोके बमोजिम हुने ऐन प्रूस्ताव भएको उप्रेती बताए ।
जननिर्वाचित संबिधान सभाले वनाएको नेपालको संबिधान २०७२ जारी भएपछि नेपाली जनता यो देशको मालिक भएका छन् । यो देशको शासन व्यवस्था कसरी चलाउने भन्ने निर्णय गर्ने जिम्मा अब नेपालीले नै लिएका छन् । यसकारण अब नेपाली जनताको अगाडि ठूलो जिम्मेवारी आइलागेको छ । अझ संबिधानले स्थानीयतहलाई अधिकार सम्पन्न वनाएको छ । जननिर्वाचित प्रतिनिधिहरुले स्थानीय तह सञ्चालन गर्ने अवस्था आएको छ नेपाल सुचना तथा सञ्चार सहकारी केन्द्रीय संघका अध्यक्ष विष्णुहरी ढकालले बताए । अव यो समय राष्ट्रप्रति समर्पित भएर आत्मसम्मान, आत्मविश्वास र गौरवकासाथ परिश्रम गर्ने, आत्मनिर्भर स्वाधिन, संमृद्ध र शान्त देश नेपाल वनाउने समय हो । यो जिम्मेवारी पूरा गर्न मिडियाको भूमिका धेरै महत्वपूर्ण छ । राष्ट्रको लोकतन्त्रीकरण, संमृद्धि र शान्तिका लागि मिडियाले ऐतिहासिक भूमिका खेल्नुपर्ने ढकालले अध्यक्ष बताए ।
सहकारी संस्थाको सेवा प्रवाहलाई गुणस्तरीय, विश्वनिय बनाउन सहकारीको संख्यामा कम भए मात्र सम्भव छ । सहकारीको संख्या बढी हुदाँ शेयर सदस्यहरु पनि बढ्ने र शेयर सदस्य दोहोरो तेहेरो हुने भएकाले जोखिम बढ्ने छ । पूँजी छरिने भएकोले सहकारी एककिरण जिरीबाट गरेको एकिकृत फ्रेण्डशिप सहकारी संस्थाका संस्थापक महासचिवले डिके बस्नेतले बताए । नेपाल सहकारी एकिकरण सम्भव छ भनेर जिरीमा रहेको नौवटा सहकारी संस्था एकिकरण गरेको बस्नेतले बताए ।
धादिङका १३ पालिकामा ४२९ वटा प्रारम्भिक सहकारी ८१ हजार ७६६ जना महिलासहित संस्थाहरुमा १ लाख ३५ हजार १३४ जना शेयर सदस्य रहेकाछन् । २ अर्व ४२ करोड ८५ लाख ५१ हजार निक्षेप र १ अर्व ६१ करोड ५७ लाख ९६ हजार शेयर पूँजी रहेको छ ।