जोगिमारा बन्यो जिल्लाको चौथो खुल्ला दिशामुक्त गाविस

1033 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC00891 copy
जोगिमारा(धादिङन्युज) १५ असार ।  नेपाल  सरकारले सन् २०१७ सम्ममा नेपाल लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिरहेको बेला धादिङ जिल्लामा पनि यस अभियानले तिव्रता पाउन थालेको छ ।  यसै क्रममा शुक्रबार एक भव्य समारोहका बिच धादिङ जिल्लाको जोगिमारा गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ ।
सरसफाई अभियान सुरु गरेको चार बर्ष पछि गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । यस अघि जिल्लाको मुरलीभञ्ज्याङ, केवलपुर र मैदी गाविसलाई खुल्ला दिशामुक्त  क्षेत्र घोषणा गरि सकिएको छ । जोगिमारालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा खानेपानी तथा ढल निकास विभाग मध्यमाञ्चल क्षेत्रीय निर्देशक नवककिशोर श्रेष्ठले गर्नुभएको थियो  ।
कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष परशुराम तामाङ, धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी का साथै शान्ति नेपालका कार्यकारी निर्देशक कृष्णमान शाक्य,नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ,गैर सरकारी संस्था महासंघका अध्यक्ष दामोदर अर्याल, गाविस महासंघका सदस्य शम्भु थापा,जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर निर्मलदर्शन आचार्य,जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत विनोद अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
जोगिमारा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा एक हजार चार सय घरमा  व्यक्तिगत र १९ वटा  संस्थागत रुपमा सौचालय निर्माण भएको छ । जोगिमारा लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाको लागि जिविस, खानेपानी तथा सरसफाई डिभिजन धादिङ, शान्ति नेपाल ,समुदायको नगद तथा जनश्रमदान समत गरी दुई करोड १५ लाख २४ हजार ६ सय ६४ रुपैया खर्च भएको जनाईएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेर मात्र नहुने यसलाई कार्यान्वनको चरणमा समेत पु¥याउनका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि सहयोग पु¥याउने विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममास्थानीयले विभिन्न स्थानीय कला सस्कृति झल्कने सास्कृतिक प्रस्तुती देखाएका थिए भने राष्ट्रिय कलाकार मिलन लामा र राधिका हमाललको प्रस्तुतीले दर्शकको थकाई र भोकनै बिर्साईदिएको थियो ।
घोषणा कार्यक्रम गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति जोगिमाराका अध्यक्ष एवम गाविस सचिव भोजराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।