गजुरीमा अनधिकृत बालुवाखानी ३ दिन भित्र बन्द गर्न निर्देशन

1953 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

19224891_223350478184447_6189151670635663850_nधादिङको गजुरी गाउँ कार्यपालिकाको कार्यालयले अनधिकृत रुपमा सञ्चालनमा आएका वालुवा खानी बन्द गर्न निर्देशन दिएको छ ।  गजुरी गाउँ कार्यपालिकाले चालिसे र बिहानी पम्प नजिकको बालुवाखानी ३ दिन भित्र बन्द गर्न निर्देशन दिनुका साथै  गाँउपालिकामा भएको सबै क्रसर र फिरफिरेको लाईसेन्सको तीनदिन भित्र सक्कल प्रमाणपत्र बुझाउन पनि निर्देशन ।दिएको छ ।
गाउँ कार्यपालिकाको कार्यालयले जेठ ३१ गते सूचना प्रकाशित गरी गजुरी गाउँपालिकाको विभिन्न स्थानमा अनधिकृत रुपमा सञ्चालन भईरहेका वालुवा खानी तीन दिन भित्र वन्द गर्न निर्देशन दिएको हो ।
19030579_218617778657717_1291376415793314817_nजिल्लाको गजुरी मात्रै होइन अन्य स्थानमा पनि यस्ता कार्यले निकै प्राथमिकता पाईरहेकोमा अव ति ठाउँमा पनि स्थानीय तहमै खानी व्यवस्थापन हुने विश्वास गरिएको छ ।नदी तथा खोला र सार्वजनिक स्थानबाट अवैध रुपमा उत्खनन हुनेक्रम बढ्दै जाँदा वाताबरणिय विनास हुनुका साथै प्राकृतिक श्रोत माथि पहुँचवालाको हस्तक्षेप समेत बढ्दै गएको छ ।