मणिपालको तनाव आंशिकरुपमा टुङ्गियो

292 पटक पढिएको

प्रकाशित मिति: ४ असार २०७४, आईतवार २१:५५

सम्पादक: Dhading News

manipalपोखरा ४, असार -केही दिनअघि पोखराको मणिपाल शिक्षण अस्पतालमा सुत्केरी र बच्चा दुवैको मृत्यु भएपछिको उत्पन्न तनाव आइतबार आंशिकरुपमा टुङ्गिएको छ ।

   गत जेठ २३ गते सुत्केरी गराउन मणिपालमा भर्ना भएकी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा नयाँबजार बस्ने ३६ वर्षीया शान्ता पाण्डे भण्डारी र उनको बच्चाको मृत्यु भएपछि तनाव उत्पन्न भएको थियो । आइतबार घटनाका पीडित पक्ष, जिल्ला प्रशासन कार्यालय र अस्पताल प्रशासनसंग आइतबार भएको वार्तामा आंशिक सहमति भएपछि तनाव टुङ्गिएको हो । तर पीडित पक्षले आन्दोलन स्थगन भने गरेका छैनन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सिनियर गाइनोक्लोजिष्ट डा. डेला सिं शर्मा संयोजक रहेको छानविन टोलीले घटनाको रिपोर्ट बुझाएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको थियो ।
पीडित पक्षले छानविन समितिले बुझाएको रिपोर्टमा उल्लेख भएका कुराहरु झुट रहेको भन्दै अस्वीकार गरेपछि आइतबारको पहिलो चरणको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । त्यसपछि जिल्ला प्रशासन, अस्पताल प्रशासन र क्षतिपूर्ति समिति बीच वार्ता भएको थियो । त्यसलगत्तै क्षतिपूर्ति समिति, जिल्ला प्रशासन र पीडित पक्षबीच आइतबार नै दोस्रो चरणको वार्ता भएको थियो । वार्तामा छानविन समितिको रिपोर्टलाई पुनः अध्ययन गर्र्न र सत्यतथ्य पत्ता लगाउनका लागि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. अर्जुन आचार्यलाई दिने र उनले केही दिनमा सत्यतथ्य रिपोर्ट बुझाउने सहमति भएको छ ।
यसैगरी वार्तामा भएको सहमतिहरुमा सुत्केरी गराउने क्रममा मृत्यु भएकी शान्ता भण्डारीका श्रीमान राम भण्डारी र सात वर्षकी छोरीको आजीवन स्वास्थ्य उपचार मणिपाल शिक्षण अस्पतालले गर्ने, शान्ताको छोरीको शिक्षा तथा लालनपालनका लागि जिल्ला प्रशासनको समन्वयमा उत्कृष्ट बालगृहमा राख्ने, अस्पतालले सुत्केरी गराउनेक्रममा भएको खर्च फिर्ता गर्नुका साथै काजकीरिया खर्च स्वरुप १ लाख रुपैयाँ उपलव्ध गराउने सहमति वार्तामा भएको छ । सहमतिपछि पीडित पक्षले सोमबार शान्ता भण्डारी र बच्चाको शव बुझेर दाहसंस्कार गर्ने भएको छ ।


४ असार २०७४, आईतवार २१:५५ मा प्रकाशित

समाचार

सबै

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु साँझ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा पहिलोपटक पश्चिमी तामाङ संस्कृति म्हेन्दोमाया.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....

बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

 सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा  नुवाकोटको बेल्कोटगढी नगरपालिका-५ , कोल्पुटार स्थित  महादेव मा.वि. मा.....

वर्षैभरि धमिलो बग्छ त्रिशूली नदी

 धादिङ-लामो समयदेखि हुँदै आएको त्रिशूली नदीको अतिक्रमण रोकिएको छैन । सम्बन्धित निकायले अतिक्रमण.....

धादिङ–काठमाण्डौं अब डिलक्स बसमा सरर

  धादिङ । समयमै गन्तव्यमा पुग्ने लक्ष्य राखेपनि आंफु चढेको बस छिन छिनमै ठाउँ ठाउँमा रोक्दै यात्रु चढाउँदै र.....