थाक्रे मा र सरकारी तथा गैरसरकारी संस्था विच अन्तरक्रिया

849 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कमल आले
महादेववेशी –स्थानिय निकायमा जनप्रतिनिधिहरु निर्वाचित भए पश्चात थाक्रे गाउँपालिकाभित्र कार्यरत विभिन्न सरकारी तथा गै्ररसरकारी निकायबाट सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी तथा प्रगतीको बारेमा जनप्रतिनीधिहरु विच अन्र्तक्रृया कार्यक्रम जेठ ३० गते थांक्रे गाउँपालिकाको महादेववेशीमा सम्पन्न भएको छ ।
IMG_3237थाक्रे गाउँ कार्यपालिकाको आयोजनामा जनजागृति मा.वि मा भएको कार्यक्रममा थाक्रे गाउँपालिका भित्र कार्यरत १८ वटा ग्रैरसरकारी संघसंस्थाहरु तथा विभिन्न सरकारी शाखा कार्यालयबाट प्रदान गरिदैआएको सेवा तथा कार्यक्रमको वारेमा जानकारी जनप्रतिनीधिहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा थाक्रे गाउँपालिका का अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सवै वडाका वडाअध्यक्ष तथा गाउँकार्यपालिकाको सदस्यहरुले कार्यक्रमको वारेमा कार्यक्रमको वारेमा विभिन्न जानकारी राखेका थिए । कार्यक्रमा विभिन्न वडाका वडाका वडाध्यक्षहरुले आफ्नो वडामा ग्रैरसरकारी संघ संस्थालाई विभिन्न क्षेत्रमा संगै सहकार्य गरेर जान तयार रहेको तर केवल आफ्नै पायक पर्ने भुगोल र विषयवस्तु राखेर परियोजना तयार पार्ने, दाताहरुलाई पेशगर्ने कागजको लागिमात्र कार्यक्रम सिमि तगर्ने कार्यक्रम नगरी जनताको प्रत्यक्ष आवश्यकता र जनजिवनसंग सम्वधित भएर कार्यक्रम बनाई लागुगर्न सुझाव दिएका थिए । पालिकाभित्र रहेका केही सरकारी संस्थाहरुलाई जनताको प्रत्यक्ष लाभप्राप्त गर्ने गरि सेवादिन आग्रह गरिएको थिायो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेती लगायत वडाअध्यक्षहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।