धादिङको प्रमुख जिल्ला अधिकारीमा बिष्णु प्रसाद पोखरेल आउँदै,खरेल क्षेत्रीय प्रशासन कार्यालय पोखरामा उपक्षेत्रीय प्रशासक पदमा सरुवा

801 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 काठमाण्डौ (धादिङन्युज) – सरकारले निर्वाचनको घोषणा गरेसंगै गृह मन्त्रालयले उपसचिवको दरवन्दि रहने हिमाली र पहाडि २० जिल्लामा नया सिडिओलाई खटाएको छ । यसै क्रममा   धादिङको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको पनि सरुवा भएको छ । खरेललाई क्षेत्रीय प्रशासन कार्यालय पोखरामा उपक्षेत्रीय प्रशासक पदमा सरुवा गरिएको छ ।
खरेलको सरुवा संगै धादिङमा मन्त्रालयवाट बिष्णु पोखरेललाई  प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाईएको छ ।  गृह मन्त्रालयले उपसचिवहरुको सरुवा गर्दा धादिङका प्रमुख जिल्ला अधिकारीको पनि फेरवदल भएको हो । यसैगरी धादिङका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त पन्थी सामाजिक सुरक्षा सेवा कोषमा सरुवा भएर गएपछि रिक्त रहेको उक्त पदमा धादिङवाट मन्त्रालयमा काज सरुवामा रहनुभएका विजयराज पौडेल धादिङ फिर्ताहुने सम्भावना बढेको छ ।
सरुवा हुने नया सिडिओमा लुकवहादुर क्षेत्री बैतडी , गणेशप्रसाद भट्टराई अछाम , ध्रुवराज जोशी बाजुरा,सागरमणि पराजुली डडेल्धुरा,  कालीप्रसाद पराजुली दोलखा, जनकराज रेग्मी मुस्ताङ, भविश्वर पाण्डे  रुकुम,  किशोरकुमार चौधरी कालीकोट, कृष्णबहादुर कटुवाल दार्चुला, श्रवणकुमार तिम्सिना डोल्पा, विष्णुबहादुर थापा जुम्ला रहेका छन । त्यसैगरि उमेशप्रसाद ढकाल पर्वत, वलभद्र गिरी मुगु, भविश्वर पाण्डे रुकुम, ज्ञानप्रसाद ढकाल मनागं, कालिप्रसाद पराजुलि तेह्रथुम, सागरमणी पाठक अर्घाखांचि, शंकरहरि आचार्य हुम्ला, कैलासनाथ खरेल वाग्लुंग, कमलराज ढकाल गुल्मी र प्रलाह्रद पोखरेल दोलखाको नयां सिडिओका रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।